नवलपरासीमा दुर्घटनामा पैदल यात्रुको मृत्यु

पोखरा न्यूज -२६, असार ।
पूर्वी नवलपरासीको त्रिवेणीमा आज ट्र्याक्टरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

बिनयी त्रिवेणी गाउँपालिका–६ शिवपुरगढीबाट त्रिवेणी आउँदै गरेको लु३त १०७४ नंको ट्र्याक्टरले पैदल यात्रीलाई ठक्कर दिँदा स्थानीयवासी ४४ वर्षीय भेदबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृृत्यु भएका थापाको शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक हरिद्वार धोबीले जानकारी दिए । ठक्कर दिने ट्र्याक्टर र त्यसका चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button