रेवान पोखराद्वारा ५० जनालाई निशुल्क बेकरी तालिम

गणेश बराल, पोखरा न्यूज – २७ , असार ।

रेष्टुरेण्ट तथा बार एशोसिएसन नेपाल (रेवान) पोखराले ५० जनालाई निशुल्क बेकरी तालिम प्रदान गरेको छ । नेदरल्याण्डको सस्था पमको प्राबिधिक सहयोगमा रेवान पोखराले ६ दिने बेकरी तालिमको आयोजना गरी सस्थासँग आबद्ध रेष्टुरेण्ट तथा बारका कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरेको हो ।

रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बरालको संयोजकत्वमा रेबानको आफ्नै भवनमा भएको तालिममा नेदरल्यान्डका नागरिक हंसले प्रशिक्षण प्रदान गरेका थिए । तालिममा सहभागीहरुलाई २५ वर्ष बेकरी उद्योगमा अनुभब बटुलेका हंसले रेष्टुरेण्टलाई चाहिने सामान्य पाउरोटी ह्वाइट रोल, ब्राउन रोल देखि केक, ब्राउनी, पाई तथा कुकिज जस्ता बेकरी जन्य पदार्थ बनाउन सिकाएको संयोजक बरालले जानकारी दिए । रेष्टुरेण्ट क्षेत्रमा बेकरीमा दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले करिब ४ महिनाको प्रयासमा नेदरल्यान्डबाट प्रशिक्षक झिकाएर तालिम प्रदान गरिएको उनले जनाए । तालिममा सहभागीहरुले तालिमकै क्रममा आफैले बेकरी उत्पादन गरी सस्थाका पदाधिकारी, रेष्टुरेण्ट ब्यबसायी तथा अन्य सहभागीहरुलाई खुवाएका थिए ।

यसैबीच उक्त ६ दिने तालिमको बुधबार एक कार्यक्रम आयोजना गरि समापन गरिएको छ । कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरुलाई समापन समारोहका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका – ६ का वडा अध्यक्ष जगत पहारीले प्रमाणपत्र वितरण गरेका थिए । उक्त अवसरमा बोल्दै वडा अध्यक्ष पहारीले तालिममा सिकेको कुराहरुलाई प्रशिक्षार्थीहरुले आफै बेकरी तयार गरेर सफल रुपमा ब्यबहारमा उतारेर देखाएको भन्दै प्रशंसा गरे ।

कार्यक्रमका अतिथि पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले  रेवान पोखरा आफ्ना सदस्यको हितका लागी सदैब लागिपर्दै आएको बताउदै यस्ता तालिमले व्यवसायिक प्रतिष्ठा तथा कर्मचारीको कार्यदक्षतामा वृद्धि ल्याउने धाराणा व्यक्त गरे । कार्यक्रममा तालिमका सहभागीले बाहिर यस्तै प्रकारको तालिम लिन ८० हजार रुपैया सम्म लिने गरेको बताउदै रेवानले बहुउपयोगी तालिम निशुल्क रुपमा प्रदान गरेको भन्दै धन्यबाद ब्यक्त गरे ।

रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङको अध्यक्षतामा भएको समापन समारोहमा उपाध्यक्ष लक्ष्मण बराल, सह -सचिब गणेशबहादुर थापा, निवर्तमान अध्यक्षमा गोपीबहादुर भट्टराई लगायतले रेवानले सञ्चालन गरेको तालिमका बारेमा आ-आफ्नो धारणा राखेका थिए । समापन समारोहमा पोखराका प्रायजसो सम्पूर्ण पर्यटन सम्बद्ध संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button