वैदेशिक रोजगारीमा जाने क्रम घट्यो

पोखरा न्यूज -३०, असर।

‘लाहुरेहरुको जिल्ला’ भनेर चिनिने गरेको म्याग्दी जिल्लाबाट पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको संख्या घट्दै गएको छ । देशमा सम्पन्न स्थानीय, प्रदेश र संघको निर्वाचनपछि आफ्नै गाउँठाउँमा नैै रोजगारी र समृद्धिको सम्भावना देखेर युवाहरूमा वैदेशिक रोजगारीमा जाने क्रम घटेको हो ।

लामो समयको अस्थिर राजनीति र लगानीको ग्यारेन्टी नहुँदा युवाको विदेश मोह बढेको थियो । तर निर्वाचनपछि स्थिर सरकार र समृद्धिको आशाले वैदेशिक रोजगारीप्रति आकर्षण घटेको वैदेशिक रोजगारसँग सम्बद्ध व्यक्तिले बताएका छन् ।

‘अब स्वदेशमै केही गर्नुपर्छ भन्ने महसुस भएको छ,’ बेनी नगरपालिका– २ का रमेश कार्कीले भने, “जापान जाने सोच फेरेर स्वदेशमै कृषि व्यवसाय गर्ने योजना बनाएको छु ।”

त्यस्तै नगरपालिका–३ डाँडाखानीका मनबहादुर छन्त्याल गाउँमै स्वरोजगार उद्यमी बन्ने भन्दै अघिल्लो हप्ता स्वदेश फर्केयेका छन् । गाउँका खाली जमीनमा सुन्तलाखेती र पशुपालन गर्ने योजना बनाएर आफू युएइबाट घर फर्केको उनले बताए ।

“त्यसका लागि पूर्ण योजना बनाएर आएको छु” उनले भने, “सदरमुकाम केन्द्रीत अधिकार गाउँमा नै पुगेपछि अब गाउँको विकास हुने अपेक्षा धेरैले गरेका छन् ।”

जिल्ला प्रशासन कार्यालयका अनुसार, पछिल्लो समय विदेश जाने युवा घटेका छन् । गत आवको तुलनामा चालू आवको पहिलो चौमासिकमा राहदानी लिनेको संख्यामा कमि आएको छ । राहदानी लिनेको संख्या करीब १५ प्रतिशत घटेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले खाडीमा रहेका युवालाई अबको पाँच वर्षभित्र देश फर्काउने बताउँदै जिल्लामा अहिले पाँच वटा जलविद्युत् आयोजना निर्माणाधिन अवस्थामा छन् । त्यसैगरी कालीगण्डकी कोरिडोर पूरा हुने क्रममा छ । कालीगण्डकी करिडोर निर्माणसँगै उत्तर दक्षिण सिधा यातायात सञ्चालन भएपछि रोजगारीका धेरै अवसर सिर्जना हुने युवाको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button