पक्की मोटरबाटोले जोडियो कास्कीको कालिकानगर–मजुवा

पोखरा न्यूज -३१, असार ।
पोेखरा लेखनाथ महानगरपालिका–३२ का कालिकानगर र मजुवावस्ती पक्की ढलान मोटरबाटोले जोडिएका छन् । छुची कालिकानगर हुँदै मजुवा जोड्ने सडक तथा नाला निर्माण योजना असार मसान्तमा सम्पन्न भएको हो ।

उपभोक्ता समितिले आइतबार सार्वजनिक सुनुवाई गरी २२ लाख ५ हजार ६ सय २१ रुपैयाँको लागतमा योजना सम्पन्न भएको जनाएको छ । उक्त रकममध्ये महानगरपालिकाले १६ लाख र स्थानीय उपभोक्ताले ४ लाख रुपैयाँ प्रदान गरेका हुन् । योजनाअन्तर्गत २ सय १० मिटर लम्बाइ, नालासहित ५ मिटर चौडाइ र ५ इन्च मोटाइको पक्की ढलान मोटरबाटो निर्माण गरिएको छ । बाटोको छेउमा १ सय २४ मिटर नाला निर्माण भएको छ । समितिका सचिव जयबहादुुर पुनले मोटरबाटोबाट तल्लो गगनगौंडा, कालिकानगर, मजुवा, लामेआहाल, कोत्रेका स्थानीय लाभान्वित हुने बताए । बाटा पृथ्वी राजमार्गको तल्लो गगनगौंडा–कोत्रे खण्डको वैकल्पिक बाटोको रुपमा उक्त बाटोलाई हेरिएकोे छ । तल्लो गगनगौंडाबाट कालिकानगर हुँदै प्रवेश गर्ने बाटो मजुवाबाट कोत्रेको पुलमा निस्कन मिल्छ ।

योजना सम्पन्न गर्न डिलबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको थियो । समितिको उपाध्यक्ष दलबहादुर पुन, सचिव जयबहादुर पुन, सहसचिव विकास गायक र कोषाध्यक्ष मनमाया गुरुङ रहेका छन् । समितिमा ओमबहादुर गुरुङ, होमबहादुर राना मगर, धनकुमारी परियार, सन्तकुमारी पुन, खरिका दाहाल, रितेश गायक, सूर्यबहादुर गुरुङ, सुब्बा राना, मायादेवी गुरुङ र विकास सुनार सदस्य छन् । वडाका जनप्रतिनिधि अनुमगन समितिमा थिए । महानगरसँग ०७४ चैत २ मा उपभोक्ता समितिले योजनाको सम्झौता गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button