म्याग्दी शिखको घट्टे खोलामा पुल निर्माण

पोखरा न्यूज -०१, साउन  ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको घट्टे खोलामा पक्की पुल निर्माण भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आर्थिक सहयोगमा स्थानीयवासीले श्रमदान गरेर आठ मिटर लामो आरसीसी ढलान गरेको पुल निर्माण गरेका हुन् ।

पुल निर्माण भएपछि शिख, तल्लो शिख, खिवाङ र पेनाला गाउँका बासिन्दालाई आवतजावतमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लिलबहादुर राम्जालीले बताए ।

यसबाट करीब २०० घरधुरी लाभान्वित भएका छन् । पुल निर्माणका लागि एक्यापले रु एक लाख ४५ हजार उपलब्ध गराएको थियो । तल्लो शिख युवा क्लबले रु एक लाख लगानी गरेको क्लबका तुलबहादुर गर्बुजाले बताए । शिखलाई विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गले समेटेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button