म्याग्दीमा उद्यमशीलता बढाउन घुम्ती कोष

पोखरा न्यूज -०३, साउन ।

म्याग्दीको न्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीमा गरीब, विपन्नलाई उद्यमशीलताप्रति आकर्षित गरी आयआर्जन सुधारका लागि घुम्ती कोष स्थापना गरिएको छ ।

वडा समितिको प्रस्तावमा गाउँपालिकाले रु ३ लाखको घुम्ती कोष स्थापना गरेको हो । ६ वटा टोल सुधार समितिमार्फत घुम्ती कोष परिचालन गरिएको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए ।

आर्थिकरुपमा पिछडिएको समुदायलाई उद्यम व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने उद्देश्यले प्रत्येक सामुदायिक संस्थामार्फत रु ५० हजारका दरले परिचालन गरिएको छ ।

घुम्ती कोषको रकमबाट २० जनाले बाख्रापालन, कुखुरापालन, तरकारीखेती, फलफूल खेती, सिलाइकटाइ, आरनलगायतका व्यवसाय शुरु गरेका छन् । घुम्ती कोषको रकम बाहेक सर्वसाधारणले व्यवसायमा स्वलगानीसमेत गरेका छन् । पूर्वाधार निर्माणसँगै सामाजिक सशक्तीकरण र आयआर्जन सुधारका कार्यक्रममा जोड दिइएको वडाध्यक्ष फगामीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button