विश्व बाघ दिवसः वन्यजन्तुको प्राकृतिक मृत्युबारे चिन्ता

पोखरा न्यूज -१३, साउन ।

प्राकृतिक रुपमा बाघलगायत वन्यजन्तुको मृत्युबारे संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विश्व बाघ दिवसको अवसरमा आज बिहान चितवनको रत्ननगरमा भएको अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रममा सहभागीले वन्यजन्तुको प्राकृतिक मृत्युबारे चिन्ता व्यक्त गर्दै त्यसको कारण पत्ता लगाउनुपर्नेमा जोड दिए ।

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले प्राकृतिक रुपमा वन्जयन्तुहरुको मृत्यु हुने क्रम बढेको भन्दै यसको अनुसन्धान जरुरी रहेको उल्लेख गरे ।

पछिल्लो ८–१० महिनाको अन्तरालमा वरण्डाभार क्षेत्रमा मात्रै तीन वटा बाघ मरेको चर्चा गर्दै सहभागीहरूले यसको खास कारण पत्ता लगाउन नसके सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने योजना चुनौतीपूर्ण हुने उनले बताए । चितवनमा गएको एक वर्षमा ६ वटा बाघ मरेका थिए भने २६ वटा गैंँडा मरेका थिए ।

बाघ संरक्षण उपसमिति रत्ननगरको आयोजनामा यहाँको टिकौलीमा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिका–७ का वडाध्यक्ष राजन भट्टले वन्यजन्तु मरेको विषयमा चासो नदिएकामा चिन्ता व्यक्त  गरे ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले स्थानीय सरकारको तर्फबाट संरक्षणमा ऐक्यबद्धता जनाउँदै अहिले संघीय, प्रदेश र स्थानीय सरकारबाट संरक्षणका लागि रु ६ करोड आएको जानकारी दिए । यसलाई सही ठाउँमा सदुपयोग गरेर संरक्षणमा टेवा पु¥याउनुपर्ने उहाँको भनाइ थियो ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले वन्यजन्तु संरक्षणका लागि यस दिवसमा सबैले प्रण गर्न र आगामी वर्षभरी संरक्षण कार्यमा लाग्नसमेत आग्रह गरे ।

पाठकका अनुसार हाल विश्वका १३ देशमा करीब तीन हजार ५०० बाघ छन् । विश्वका नौ प्रजातिका बाघमध्ये तीन प्रजाती लोप भइसकेको छ । चितवनमा पछिल्लो गणनामा १२० बाघ छन्, भने नेपालमा १९८ बाघ रहेको तथ्यांक छ ।

बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङको अध्यक्षतामा भएको कार्यक्रममा चित्रसेन वनका अध्यक्ष पुष्पराज श्रेष्ठ, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे, संरक्षणकर्मी ऋतु वाइवा, शिवप्रसाद भुषाललगायतले संरक्षण चुस्त बनाउनुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button