लमजुङमा ट्राफिक कारबाहीबाट ५६ लाख राजश्व

पोखरा न्यूज -१६, साउन ।
आर्थिक वर्ष २०७४/७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख ९ हजार राजश्व संकलन भएको छ ।

जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व संकलन गरिएको हो ।

सो अवधिमा जिल्लामा आठ हजार ५५३ सवारीचालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख नीरबहादुर अधिकारीले जानकारी दिए । ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेका छन् । यस क्रममा तीन हजार २६५ मोटरसाइकल चालकलाई कारबाही गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार जिल्लामा दुई हजार ३२१ जिप/कार/भ्यान चालक, १ हजार २२७ ट्याक्टर चालक, १ हजार १३५ ट्रक चालक र ६२३ बस चालक कारबाहीमा परेका छन् । चारपांग्रे साना सवारीसाधनका चालकबाट रु १४ लाख २६ हजार, ट्याक्टर चालकबाट रु ९ लाख २२ हजार, ट्रक चालकबाट रु ७ लाख र बस चालकबाट रु ३ लाख ५१ हजार राजश्व संकलन गरिएको छ।

गत आवको तुलनामा रु ९ लाख १६ हजारभन्दा बढी राजश्व संकलन भएको छ । गत आवमा सात हजार ५०३ सवारीसाधनका चालकलाई कारबाही गरी रु ४६ लाख ९३ हजार राजश्व संकलन गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button