पोखरामा दुर्घटनामा घाइते भएका व्यक्तिको शल्यक्रिया सफल, परिचय अझै खुलेन

फिस्टेलको आइसियुमा हालसम्म अचेत अवस्थामा

पोखरा न्यूज -३०, साउन । 

पोखराको चाइनापुलमा बसमा ठोकिएर घाइते हुन पुगेका एक व्यक्ति अझैसम्म अचेत अवस्थामा रहेका छन । उनको शल्यक्रिया समेत भैसके पनि हालसम्म उनको परिचय भने खुल्ल सकेको छैन। शनिबार दुर्घटनामा परेका करिब ५० बर्षको जस्तो देखिने पुरुषको सोमबार साँझ  टाउकाको  शल्यक्रिया भएको हो ।

शनिबार साँझ करिब ६ः३० बजेको समयमा अम्मर सिंह चोबाट पुथ्बी चोक तर्फ आउदै गरेको पोखरा बस व्यबसायि समितिको ग १ ख ६९९२ को बसमा ठोकिन पुग्दा उनी सक्त घाइते भई हालसम्म अचेत अवस्थामा रहेका छन । उनको हाल फिस्टेल हस्पिटलको सघन कक्ष (आइसियू) मा उपचार भइरहेको छ ।

उपचारमा संलग्न डा. बालगोपाल कर्मचार्यले उक्त व्यक्तिको टाउकोमा गहिरो चोट लागेका कारण हेड इन्जुरी भएको बताए। उनको सोमबार साँझ शल्यकृया सफल भएको डा.कर्मचार्यले जनाए ।

हालसम्म ती व्यति अचेत हुनु र उनका आफन्त सम्पर्कमा नआउदा बस धनि तथा समितिका व्यक्तिलाई थप समस्या भएको बस धनि फडिन्द्र बरालले बताए । यदि ती व्यक्तिको कुनै आफन्तले चिन जान गरेको खण्डमा नजिकको प्रहरी कार्यालय तथा समितिका उपाध्यक्ष देवि क्विकेल को मोवाईल नम्बर ९८५६०२६०५० तथा बस धनि ९८५६०४५६७९ मा सम्पर्क गर्न आव्हान गरिएको छ ।

उक्त बस र चालकलाई कास्की प्रहरीले आफ्ने नियन्त्रमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button