गण्डकी प्रदेशमा सहकारी विकास बैंक खोल्ने तयारी : सचिव श्रेष्ठ

पोखरा न्यूज -०२, भदौँ । 

गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरद चन्द्र श्रेष्ठले गण्डकी प्रदेशमा सहकारी विकास बैंक खोल्ने तयारी भएको बताएका छन। पोखरा न्यूरोडमा रहेको शुभम बचत तथा ऋण सहकारी संस्थाको छैटौं बार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै सचिव श्रेष्ठले सहकारीको पुंजीलाई सहि ढंगले उत्पादनशिल क्षेत्रमा लगानी गर्ने गरी गण्डकी प्रदेशमा सहकारी विकास बैंक खोल्ने तयारी भएको बताएका हुन।

एक सहकारी एक उत्पादन गर्ने गरी अघि बढ्नु पर्ने बताउदै सचिव श्रेष्ठले बचत ऋण सहकारी बढी भएकोले त्यस्ता सहकारीले पनि अब उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले भने “ माथिबाट पनि कृषिका कुरा गर्दा भाषण भुषणमा निकै चर्चा गरिन्छ तर कृक्षि क्षेत्रमा लगानी खासै भएको देखिदैन, सहकारीले करिब ३० प्रतिशत जसो कृषि क्षेत्रमा लगानी गर्नु पर्छ । ”सहकारी सहकारी बिच समन्वय समेत हुन नसेको उनको आरोप थियो । कुनै सहकारीले फोहोर व्यावस्थापन गर्ने बिषयमा नयाँ रणनितीक योजना सहित आए त्यसमा मन्त्रालयले सहकार्य गर्न तयार रहेको बताउदै अबका सहकारी उत्पादन र आत्मनिर्भर तर्फ उन्मुख हुनुको विकल्प नभएको सचिव श्रेष्ठको भनाई थियो । मन्त्रालयले प्रदेशका सहकारीको मुल्याङकन सहित पुरस्कारको समेत व्यवस्था गरेको बताउदै उनले सहकारी सूचना केन्द्र स्थापना गर्ने तथा प्रदेशमा मोडल फार्मको रुपमा विकास गर्न चाहेको बताए ।

जिल्ला सहकारी संघका महासचिव छविलाल लामिछानेले सहकारीहरुले अझै पनि कृषि उत्पादन गरी बजारीकरण गर्न नसेको बताए । पोखरा महानगरपालिका तथा गण्डकी प्रदेशले नयाँ सहकारी ऐन ल्याउने तयारी गरेको उनले जनाए । कास्की जिल्ला बचत संघका लेखा संयोजक रुद्रनाथ पौडेलले सहकारी ऐन अनुसार चल्न सहकारीलाई आग्रह गरे । उक्त अवसरमा उत्कृष्ट कारोबार शेयर सदस्यबाट चिनु गुरुङ र नविन पौडेल, जेष्ठ सदस्यबाट पदमपाणि देवकोटा, जेष्ठ सदस्य महिला तर्फ खुमा कुमारी उपाध्याय, उत्कृष्ट ब्यवस्थापकमा संस्थाका ब्यवस्थापक ढाकामोहन (गणेश) बराल सम्मानित भएका छन ।

संस्थाले आर्थिक बर्ष २०७४/०७५ मा ३० लाख ८८ हजार ३ सय ८५ रुपैइा खुद नाफा गर्न सफल भएको छ । अघिल्ले बर्ष सस्थाले ७ लाख ७४ हजार ६ सय ३०) नाफा कमाउन सफल भएको थियो । संस्थामा हाल २ हजार ३ सय ७५ जना शेयर सदस्य रहेका छन। संस्थाको शेयर पुंजी ४ करोड एक लाख १३ रहेको छ । अघिल्लो बर्ष संस्थाले ८ करोड ३२ लाख ४३ हजार ४ सय ९२ रुपैयाको आर्थिक कारोबार गरेकोमा यस बर्ष भने १४ करोड ६६ लाख ९३ हजार २ सय ७८ रुपैयाको कारोबार गरेको ब्यवस्थापक ढाकामोहन बरालले बताए । ३८ जना शेयर सदस्यबाट ७२ लाख २५ हजारको पुंजी संकलन गरी संस्थाले कारोबार सुरु गरेको थियो ।

संस्थाका अध्यक्ष चुडामणि बरालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सहकारी अध्यक्ष समाज नेपालका अध्यक्ष डिल्लीराम बराल, संस्थाका उपाध्यक्ष आशिष सिंह, सचिव सुर्य प्रसाद पौडेल लगायतले वोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button