पोखराको बृहत् सफाइ अभियान बसुन्धरा पार्क र फेवातालमा

पोखरा न्यूज -०२, भदौँ । 

पोखरामा जारी बृहत् सफाइ अभियान अन्तर्गत ११६ हप्ताको कार्यक्रम शनिबार बसुन्धरा पार्कसँगैको फेवाताल किनारमा सम्पन्न भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रममा झण्डै ३ टन फोहरमैला संकलन भएको मितेरी नारी समूहकी अध्यक्ष मीरा पौडेलले बताइन् ।

प्रमुख अतिथि सशस्त्र प्रहरी बल कालिकागणका गणपति प्रहरी उपरीक्षक मुरारी बस्नेतले यसप्रकारका अभियानमा सशस्त्र प्रहरी बलको सदैव साथ र सहयोग रहने बताए ।

यसपटकको अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआइसी एशिया बैंक, गण्डकी विकास बैंक, माछापुच्छे महिला क्लब, अभियान महिला समूह, ड्यामसाइड टोल विकास संस्था, मितेरी नारी समूह, पृथ्वीनारायण क्याम्पस, एनएमबी बैंक, अम्बोट डुंगा व्यवसायी संघ, फिस्टेल डुंगा व्यवसायी संघ, पोखरा युथ नेटवर्क, चण्डिाका आमा समूह, शान्तिपाटन टोल विकास संस्था लगायत विभिन्न क्षेत्रका अभियन्ताको ऐक्यबद्धता रहेको संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

वडाध्यक्ष जगतबहादुर पहारीले सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएको कार्यक्रममा वडा सदस्य एवं बैदाम क्षेत्रका सरसफाइ संयोजक हरिकृष्ण पहारीले धन्यवाद ज्ञापन गरेका थिए ।

आगामी ११७ हप्ताको अभियान रत्न मन्दिरमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button