पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघमा ‘लाहुरे दाई’

पोखरा न्यूज -०३, भदौँ । 

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघमा उदय केसी ‘लाहुरे दाई’ चयन भएका छन् । संघको शनिबार सम्पन्न नवौं अधिवेशन तथा १८ औं साधारणसभाले ‘लाहुरे दाई’ को नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा दधिराम दाहाल, द्धितिय उपाध्यक्षमा किरण ढकाल, महासचिवमा नविन बराल, सचिवमा पोषबहादुर भुजेल र कोषाध्यक्षमा चेतनारायण पोखरेल छन् ।

त्यसैगरी, सदस्यहरुमा जगदिश लामिछाने, जनकराज सुवेदी, कृष्ण अधिकारी, चिन्तामणि खरेल, रामचन्द्र तिवारी, मुक्तिनाथ त्रिपाठी र होम सापकोटा छन् ।

पोखरा लेखनाथ महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले अधिवेशन तथा साधारणसभाको उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि नेपाली, पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारी, थोक तथा खुद्रा औषधी विक्रेता संघका अध्यक्ष राम केसी, व्यवसायी हरि पन्तलायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा निवर्तमान महासचिव नारायणप्रसाद सुवेदीले महासचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्ष पोषबहादुर भुजेलले कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संघले उत्कृष्ठ व्यवसायीहरु बुद्धि थापा र सुदर्शन पौडेललाई कदपत्रद्धारा सम्मान गरेको थियो ।

संघका निवर्तमान अध्यक्ष श्रीप्रसाद घलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष उदय केसी ‘लाहुरे दाई’ ले स्वागत र महासचिव नारायणप्रसाद सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button