पोखराको न्यूरोडमा आगलागी हुदा ३ वटा पसलमा क्षती

पोखरा न्यूज -०४, भदौँ । 

पोखराको न्यूरोडमा गएराति आगलागी हुँदा तीनवटा पसलमा क्षती पुगेको छ । गएराति करिब २ बजे तिर आगलागी हुदा तिनवटा पसलमा करिब ७५ लाख बराबरको क्षती भएको पिडित व्यवसायिले बताए ।

आगलागीबाट नव सन स्टार ट्रेडर्स, सुजल किराना पसल र फेसबुक फुड क्याफेमा रहेका माल सामान जलेर नष्ट हुदा करिब ७५ लाख मुल्य बरबरको धन माल क्षेती भएको व्यवसायीले बताएका छन ।

नव सन स्टार ट्रेडर्समा सोलारका सामानहरु मुनलाईट, चिम्नि, युरोगार्ड तथा किचनका सामानहरु गरी करिब ४० लाख मुल्य बराबरको क्षती भएको ट्रेडर्सका संचालक नवीन श्रेष्ठले बताए । सुजल किराना पसलका संचालक कोपिला नेपालीका अनुसार आगलागीबाट करिब ३० लाख मुल्य बराबरको सामानको क्षती भएको छ । उक्त क्याफेको भने करिब ५ लाख मुल्य बराबरको सामानहरु जलेर नष्ट भएको स्थानियले बताए ।

बिद्युत सर्ट भइ आगलागी हुनसक्ने अनुमान गरिएको छ भने यस घटनाको बारेमा थप अनुसन्धन भइरहेको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पि. रविन्द्र गुरुङले बताए । उनका अनुसार गए राति करिब २ बजेतिर आगलागी भएको र करिब एक घण्टाको प्रयासमा आगालाई नियन्त्रणमा लिन सफल हुदा थप क्षती हुनबाट बचाउन सकिएको हो । व्यवसायिक रुपमा प्रयोग भएको तथा उक्त सटरमा मानिसहरु नभएकोले गर्दा उक्त घटनामा मानविय क्षेती भएको छैन। राति आगलागी भएकाले ढिलो जानकारी पाएकोले गर्दा क्षती बढी हुन पुगेको बताइन्छ । पोखरा महानगरपालिका कार्यालय भन्दा करिब ३ सय मिटर टाडाको दुरीमा आगलागी भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button