एशियाड : पौडीमा शिरीष ४६ औँ स्थानमा

पोखरा न्यूज -०५, भदौँ ।

एशियाली खेलकूदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औँ स्थान हात पारेका छन् ।

कूल ५१ खेलाडी सहभागी उक्त स्पर्धामा शिरीषले निर्धारित दूरी २६.३३ सेकेण्डमा पूरा गरे । यो स्पर्धाको राष्ट्रिय कीर्तिमान शिरीषकै नाममा छ । उनको नाममा २५.८८ सेकेण्डको राष्ट्रिय कीर्तिमान छ । आजको खेलमा शिरिषले नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाउन सकेनन्। आगामी बिहीबार शिरीषले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । त्यसैगरी बुधबार गौरिका सिंहले २०० मिटर फ्रिस्टायल र शुभम् श्रेष्ठले १०० मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button