घान्द्रुकको विकासका लागि पोखरामा भलिवल प्रतियोगिता हुने

पोखरा न्यूज- १२, भदौ ।

कास्कीको पर्यटकीय गाँउ घान्द्रुकको सामाजिक तथा सांस्कृतिक विकास गर्ने उद्धेश्यले पोखरामा भलिवल प्रतियोगिता हुने भएको छ । घान्द्रुकमा हुनु पर्ने उक्त प्रतियोगिता बर्खायाम भएको हुदा पोखरामा यही भदौं १५ गते संचालन हुने भएको मंगलबार  पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

युवालाई एक जुट गराई, घान्द्रुकको सामाजिक सांस्कृतिक क्रियाकलको लागि कोषखडा गर्न तथा पदयात्रा उद्धार टोली निमार्ण गर्ने लगायतका उद्धेश्यले क्लव स्तरीय पुरुष, महिला र भेट्रान्स प्रतियोगिता संचालन गर्ने तयारी गरेको फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले बताए ।

क्लव स्तरीय पुरुष भलिवल प्रतियोगितामा १६ टिमको सहभागिता हुने भएको छ । पोखरा मालेपाटनको कालिका गण सशस्त्र प्रहरी वलको एपिएफ र सिद्धि वक्स गण फुलवारी व्यारेक सहितका १६ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेल भने डाँफे क्लव मेलाचे बिरुद्ध पोखरा भलिवल ट्रेनिङ ए बिच प्रतिष्प्रर्धा हुने भएको छ । प्रतियोगितमा बिजेता टिमले ५० हजार र उपबिजेता टिमले नगद ३० हजार को साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भएको फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले बताए ।

“स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने नारा सहित भदौं १८ गते सम्म पोखराको नदिपुर स्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले बताए ।

महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता समेत हुने भएको छ । हालसम्म महिलातर्फ ६ र भेट्रान्स तर्फ ७ टिमको दर्ता भइसकेको अध्यक्ष गुरुङले जनाए । त्यसैगरी महिला तर्फको बिजेता टिमले २२ हजार २ सय २२ र उपविजेताले १५ हजार ५ सय ५५ रुपैयाको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भएक छन। त्यस्तै भेट्रान्स तर्फको बिजेता टिमले १५ हजार र उपबिजेता टिमले १० हजार साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त भएकाछन।

प्रतियोगिता अबधिभर बिभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु समेत प्रर्दशन गरिने भएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख खर्च लाग्ने भएको छ । प्रतियोगिता सम्पन्न गर्न स्वदेश तथ विदेशमा रहेका खेलकुदकर्मीबाट संकलन गर्न लक्ष्य राखिएको छ । घान्द्रुक सहित एबिसी क्षेत्रमा पदमार्गमा गएका पर्यटकहरुको सुरक्षाको लागि तथा विपदमा परेकाहरुको उद्धारको लाािग उक्त प्रतियोगितबाट बचत भएको रकम त्यहाँ खर्च गरिने भएको उनले बताए । धान्द्रुकमा खेलकुद एकेडेमी समेत निमार्ण गर्ने फाउन्डेसनको योजना भएको अध्यक्ष गुरुङले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button