पोखरामा आइतबारबाट मोबाइल एक्स्पो, ५० प्रतिशतसम्म छुटको व्यवस्था

पोखरा न्यूज- १६, भदौ ।

महेन्द्रपुल स्थित पोखरा मोवाइल टावरमा आइतबारबाट मोबाइल एक्स्पो (मेला) सुरु हुने भएको छ  ।

केही महिनादेखि अनौपचारिक सेवा दिइरहेको टावरलाई आइतबारबाट औपचारिक शुभारम्भ  गर्दै  ‘मोबाइल एस्पो’ आयोजना गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  टावर संगै एस्पोको आइतबार गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले उद्घाटन गर्नेे प्रालिका सचिव नारायण सुवेदीले बताए । एक्स्पोमा विभिन्न कम्पनीका मोबाइलमा ५० प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ ।

११ दिन चल्ने मेला भदौ २७ गतेसम्म सकिनेछ । एक्स्पोमा ल्यापटप तथा कम्प्युटरका शोरुम, इलेक्ट्रोनिक्स ग्याजेट, आइटीका नयाँ प्रविधि आदिबारे पनि जानकारी दिइनेछ । मेला अवधिभर टावरमा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म चल्नेछ । एक्स्पोमा हरेक दिन लक्की ड्रका आधारमा ५ जनालाई आकर्षक उपहार र मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने उपाध्यक्ष किरण ढकालले जानकारी दिए । ‘मेलाकै सहभागीमध्येबाट आउँदो तिहारमा १ जनालाई बम्पर उपहारसमेत प्रदान गरिनेछ,’ उनले भने । बम्पर उपहारमा एमाहाको स्कुटर रहेको प्रालिले जनाएको छ ।

मेला नभएका बेल टावर बिहान ८ बजेदेखि राति ९ बजेसम्म खुला हुन्छ । ग्राहकका लागि निःशुल्क र प्रशस्त पार्किङको सुविधा रहेको टावरमा वाइफाइ निःशुल्क छ । टावरभित्रै ग्राहकको सुविधाका लागि एटिएम राखिएको छ ।

एउटै भवनबाट मोबाइल सम्बन्धी सम्पूर्ण सेवा उलब्ध गराउने लक्ष्यसहित पोखरा टावर प्रालि  पोखराका ८ युवा व्यवसायीको लगानीमा टावर सञ्चालनमा आएको हो । पोखरा टावर गण्डकी प्रदेशकै सबैभन्दा ठूलो मोबाइल मार्केट भएको दावी प्रालिको छ ।टावरमा ८० वटा भन्दा बढी मोबाइलका होलसेट र रिटेल पसल छन् ।

टावरमा सम्पूर्ण ब्रान्डका मोबाइलको बिक्री तथा सेवा उपलब्ध हुने भएकाले मोबाइल किन्न, बनाउन, जानकारी लिने उपयुक्त गन्तव्य पोखरा मोवाइल टावर बन्ने प्रालिका सचिव सुवेदीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button