नदिपुरमा जारी भलिबल प्रतियोगितामा महिला तर्फको उपाधी टप्स माबि टिम “ए” लाई

पुरुष भलिबलको फाईनल आज

पोखरा न्यूज- १९, भदौ ।

लामा अमृत फाउण्डेशन घान्द्रुकले आयोजना गरेको भलिबल प्रतियोगिताको पुरुष भेट्रान्स तर्फको उपाधी रामबजार क्लब र महिला तर्फ टप्स माबि टिम “ए” जितेको छ ।

सोमबार नदिपुर स्थित छन्त्याल समाजको खेल मैदानमा सम्पन्न पुरुष भेट्रान्स तर्फको फाईनल खेलमा डाँफे क्लब घान्द्रुक क्लबलाई २५–१८, २८–२६, २५–१९ को साझो सेटले पराजित गर्दै रामबजार क्लबले उपाधी जितेको हो ।

त्यस्तै महिला तर्फ टप्स माबि टिम “ए” र एसियन सुज ईन्डष्टि बिच बेस्ट अफ फाईभको आधारमा भएको फाईनल खेल २५–२०, २५–२३, र २५–१०, २५–७ अंक सहित दुई दुई को बराबरी सेट भएपछि फाईनल सेट १५–९ ले टप्स माबि टिम “ए” ले जिते सँगै उपाधी हात पारेको हो ।

भेट्रान्स तर्फ र महिला तर्फको बिजेता तथा उपबिजेता टिमलाई मंगलबार पुरुष भलिबलको फाईनल भएसँगै पुरस्कार प्रदान गरिने फउण्डेशनका अध्यक्ष अमृत गुरुङले बताए ।

उनले सशस्त्र प्रहरी बल मालेपाटन र बाग्लुङ क्बल बिच भएको फाईनल खेल समय अभाबका कारण मंगलबार खेलाईने जानकारी दिए ।

पुरुष तर्फ भएको फाईनल खेलमा शशस्त्र प्रहरी बल र बाग्लुङ क्लबले दुई दुई सेट जितेको थियो भने फाईनल सेट ६–६ भएर समय अभाबका कारण स्थगित भएको आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button