राज्यको लगानी विना पदक दिलाएको प्याराग्लाइडिङ टोलीलाई पोखरामा सम्मान

डि.एन.बी,  पोखरा न्यूज – १९, भदौ । 

राज्यको लगानी विना १८ औं एसियाली गेम्समा सहासिक खेल प्याराग्लाईडिङले पदक विहिन हुनबाट बचाएकोमा मंगलबार पोखरेलीहरुले पदक विजेता खेलाडीहरुलाई नगर परिक्रमा सहित तामझामका साथ सम्मान गरेका छन । इण्डोनेसियामा हालै सम्पन्न १८ औं एसियाली खेलकुदमा रजत पदक जित्न सफल नेपाली प्याराग्लाईडिङ टोलीलाई मंगलबार  पोखरामा तामझाँमका साथ नगर परिक्रमा गराई पोखरेलीहरुले सम्मान गरेका हुन।

एसियाली खेलकुदमा रजत पदक ल्याउदै नेपालको नाम उच्च राख्न सफल भएको खुसिलायीमा खेलाडीहरुको हौलसा स्वरुप पोखराका विभिन्न खेल संघ सम्वद्ध संस्थाहरु संगको सहकार्यमा उक्त कार्यक्रम गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

काठमाण्डौंबाट हवाई मार्ग हुदै पोखरा विमानस्थलमा आएका पदक विजेता खेलाडीहरुको टोलीलाई विमानस्थलमा स्वागत सहित नगरपरिक्रमा गरी रंगशालामा विभिन्न संघ संस्थाहरुले आ–आफ्नो ढंगले एकै मञ्चमा सम्मान गरेका थिए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती, जिल्ला खेलकुद बिकास समिती कास्की, नेपाल हवाइ खेलकुद संस्था (ना), नेपाल ह्याङग्लाइडिङ तथा प्याराग्लाइडिङ संघ (नेफा), प्याराग्लाइडिङ पाइलट क्लब, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्की, नेपाल खेलकुद पत्रकार मंच गण्डकी लगायतका विभिन्न संघ संस्थाले प्याराग्लाइडिङ टिमलाई सम्मान गरेका हुन। राािष्ट्रय खेलकुद परिषदका पुर्व सदस्य तथा मदन भण्डारी स्पोट्र्स एकेडेमी गण्डकी प्रदेशका संयोजक राजेश गुरुङले पदक विजेता खेलाडीहरुको टीमलाई जनहि १०/१० हजार नगद सहित सम्मान गरे भने भुतपुर्व खेलाडी मञ्चले खेलाडीहरुको हौसला स्वरुप ५० हजार सहयोग गरेको मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले बताए ।

यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्ट, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यावाहक अध्यक्ष सन्पन्न श्रेष्ठले खेलाडीको टोलीलाई सम्मान पत्रको साथमा दोसल्ला, माला तथा खादा र मायाको चिनो प्रदान गरी सम्मान गरेका हुन।

राज्यको शुन्य जस्तै लगानीबाट पनि प्याराग्लाईडिङले हात पारेको सफलताले नेपालीको शिर उचो पारेकोले खेलाडीहरुको लागि राज्यले धेरै लगानी गर्नु पर्ने टिम म्यानेजरमा शैलेन्द्र राउतले बताए । कप्तान विमल अधिकारीले मौसमका कारण आफुहरु जापनसंग २७ अंक करिब ५० मिटर कम दुरी उडान भरेको हुदा दोश्रो भएको बताए । उनले भने “ प्याराग्लाईडिङ खर्चिलो साहासिक एक खेल हो, एउटा राम्रो पाईलट वन्नको लागि कम्तिमा १५/२० लख रुपैया खर्च लाग्छ, मैले प्याराग्लाईडिङको यो यात्रासम्म आउदा मात्र करिब २५ लख लगानी गरेको छु, यसबाट हामीले स्वर्ण पदक जित्ने धेरै आधारहरु छन तर राज्यले यसमा लगानी गर्नु पर्यो । ” विमानस्थलबाट सुरु भएको ¥याली मुस्ताङचोक, पार्दीबिरौटा, छोरेपाटन, ड्यामसाइड, राष्ट्रबैंक चोक, लेकसाइड, हल्लनेचोक, जिरोकिमी, सृजनाचोक, सभागृहचोक, न्यूरोड, विपि चोक, चिप्लेढुङा, महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक हुँदै पोखरा रंगशालामा पुगेर सम्मान समारोहमा परिणत भएको थियो ।

विमल अधिकारीको कम्तानिमा बिशाल थापा, युकेश गुरुङ, शुसिल गुरुङ र बिजय गौतमले टिम इभेन्टको क्रस कन्ट्री तर्फको विधामा रजत पदक जितेका हुन। नेपाली प्याराग्लाइडिङको प्रशिक्षकमा योगश भट्टराई, प्रशिक्षक सानुबाबु सुनुवार र टिम म्यानेजरमा शैलेन्द्र राउत रहेका छन । नेपाली प्याराग्लाईडिङ ईतिहास करिब दुई दशक भए पनि एसियाली गेम्समा पहिलो पटक सहभागि खेलमा नेपालले रजत पदक हात पारेको हो । यस अघि पदक विजेता खेलाडीलाई जनही ५ लाख दिने राखेपले घोषणा गरेको छ ।

कार्यक्रममा वोल्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले १८ औं एसियाड गेम्समा प्याराग्लाईडिङले नेपाली खेलकुदलाई पदक विहिन हुनबाट बचाएकोले पदक विजेता खेलाडीहरुलाई जति सम्मान गरे पनि अनुग हुने बताए । पोखरा क्षेत्रको साहासिक खेलको उतिकै सम्भावना भएके उनले जनाए । राखेप सदस्य सचिव विष्टले पोखराको प्याराग्लाईडिङले नेपाली खेलकुदमा नयाँ ईतिहास रच्न सफल भएको बताउदै पोखरालाई स्पोटर्स सिटिको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए ।

पोखरा विमानस्थलमा खेलाडीहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन, पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी, गण्डकी प्रदेशका सांसद द्धय ईन्द्रधारा विष्ट, मन बहादुर गुरुङ लगायतले स्वागत तथा सम्मान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button