कास्कीमा ९ महिना बिताएका एसपी सिंह ‘प्रबल जनसेवा श्री’ पदकबाट विभूषित

गणेश बराल, पोखरा न्यूज – २०, भदौ ।

प्रहरी प्रमुखका रुपमा कास्कीमा करिब ९ महिना बिताएका एसपी अशोक सिंह ‘प्रबल जनसेवा श्री’ पदकबाट विभूषित भएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्योएका व्यक्तित्वलाई विभिन्न विभूषणबाट विभूषित गर्ने क्रममा एसपी सिंह विभूषित भएका हुन् ।

गत वर्ष साउनमा प्रहरी प्रमुखको रुपमा कास्कीमा आएका एसपी सिंह कास्की आउनु अगाडी महानगरीय प्रहरी परिसर जावलाखेलमा कार्यरत रहेका थिए । महानगरीय प्रहरी परिसर जावलाखेलमा रहदा निर्वाह गरेको भूमिकाका आधारमा उनि विभूषित भएका हुन् । गुण्डागर्दी, लागूऔषध जस्ता विभिन्न आपराधिक घटना नियन्त्रणमा महत्वपुर्ण भूमिका खेलेका एसपी सिंहले प्रहरी परिसर जावलाखेलमा करिब ४ महिना निमित्त कार्यालय प्रमुखको रुपमा कार्यभार समेत सम्हालेका थिए ।

कास्कीमा कार्यालय प्रमुखको रुपमा रही एसपी सिंहले उनको सोहि छविलाई अझ बढी निखार्दै कस्केलिको मन जित्न सफल भएका थिए । सिंह कास्कीमा रहदा जिल्ला प्रहरी कार्यालय कास्की ४ नम्बर प्रदेशकै उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको थियो भने उनि आफै प्रदेश नम्बर ४ कै उत्कृस्ट कार्यालय प्रमुखका रुपमा सम्मानित समेत भएका थिए । एसपी सिंह गत वैशाख अन्तिम साता कास्कीबाट महानगरिय प्रहरी कार्यलय विशेष सुरक्षा महाशाखा काठमाण्डौंमा सरुवा भएका थिए ।

गत बर्ष तत्कालिन शेरबहादुर देउबा नेतृत्वको सरकारले गणतन्त्र दिवसका अवसरमा विभिन्न विभूषण तथा मानपदवीबाट विभूषित गर्ने भनि गरेको निर्णयको आधारमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न व्यक्तित्वहरुलाई विभूषित गरेकी हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button