पोखरा उद्योग वाणिज्य संघमा प्रजु नेतृत्वमा प्यानल सहित उम्मेदवारी घोषणा

पोखरा न्यूज- २१, भदौ ।

पोखरा उद्योग वाणिज्य संघको आउँदो असोजको ५ र ६ गते हुने ३२ औँ महाधिवेशनमा रविन्सन प्रजुको नेतृत्वमा प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन । हाल संघमा बरिष्ठ उपाध्यक्ष समेत रहेका प्रजुले विहीवार पत्रकार सम्मेलन गरी प्यानल सहित उम्मेदवारी  घोषणा गरेका हुन् । आफुहरु व्यवसायिक ढंगले समावेसी भएको भन्दै १७ सदस्य टिमको उम्मेदवारीको घोषणा गरेका छन् ।

संघमा विगत १२ बर्ष देखि लाग्दै आएको अनुभवले हाल आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति गठनको लागि प्यानल सहित  चुनावी मैदानमा जुटेको अध्यक्षका प्रत्यासि प्रजुले बताए । उनले भने “ हामीले संघको गरिमा बढाउने गरी सहमतीबाटै अघि जान खोज्दा  खोज्दै  सामाजिक संजाल मार्फत एकाएक उमेदवारीको घोषणा भएपछी हामीहरु पनि चुनावी मैदानमा उत्रिन  बाध्य भएका हौं । ” पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समेत रहेका प्रजुले जनसेवा र व्यवसायीक सेवामा आफु कटिवद्ध भएर लाग्ने बताए । सर्वसम्मतबाट आफुहरु जान चाहदा  चाहाँदै सहमती भाडिएकोले अब पुनः सहमति हुने सम्भावना न्यून रहेको समेत प्रजुले जनाए । प्रजु नेपाली कागेंसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्षका प्रत्यासी प्रजुको प्यानलमा बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग तर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, बाणिज्य तर्फको उपाध्यक्षमा पवन प्रजापति, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे, उप महासचिवमा चिनु गुरुङ रहेका छन। त्यसै गरी सदस्यहरुमा बलराम बराल, केशब बहादुर खत्री, दिनेश चन्द्र बास्तोला, कुमारी मुना बास्तोला, कीर्तिवल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, रामप्रसाद गौतम, शोभा गौतम र रामेश्वर अधिकारी रहेका छन।

पोखरेली समुदाय र व्यवसायीकहरुको अहित हुने गरी कुनै पनि सरकारले ल्याउने निती, कार्यक्रम, कर प्रणाली बिरुद्ध निरन्तर सघर्ष र आवाज र दवाव सृजना गर्ने, पोखरामा निमार्णाधिन अबस्थामा रहेको क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल समयमै निमार्ण कार्य सम्पन्न गर्नको लागि खबरदारी गर्ने, पोखराको मासुु उद्योगलाई व्यबस्थित पार्न पहल गर्ने, पोखरा क्षेत्रको सुरक्षाको लागि नगरभित्र सिसि क्यामरा जडान गर्ने अभियान नै संचालन गर्ने लगायतका प्रजु प्यानलबाट २२ बुंदे प्रतिवद्धक्ता व्यत्त गरेका छन।

अध्यक्षका अर्का प्रत्यासी दामु अधिकारीले आफ्नो प्यानल सहित केहि दिन अघि उम्मेदावरी घोषणा गरेका थिए । संघका महासचिव समेत रहेका अधिकारीले समेत आफुहरु व्यवसायिक ढंगले समावेसी भएको दाबी गर्दै १७ सदस्य टिमको उम्मेदवारीको घोषणा गरेका हुन। अधिकारीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष (उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) तर्फ यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल, उपमहासचिवमा सीता बराल, कार्यसमिति सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेल रहेकाछन। अधिकारी बामपन्थी र प्रजु लोकतान्त्रिक प्यानलमा मैदानमा उत्रिएका हुन।

२९ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष र सात जना पदाधिकारीबाहेक २१ जना सदस्य रहने छन् । ती सदस्यमध्ये ४ जना वस्तुगत संघबाट मात्र निर्वाचित हुने छन् भने २ जना कर्पोरेट सदस्यबाट निवार्चित हुनुपर्नेछ । १ जना औद्योगिक सदस्य निर्वाचित हुनेछन् भने १० जना सदस्य खुला निर्वाचित हुनेछन् । ४ सदस्य निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button