भिमसेन भुजेलको नेतृत्वमा रेवान पोखराको नयाँ कार्यसमिति चयन

पोखरा न्यूज – २२, भदौ ।

पर्यटन ब्यबसायी भिमसेन भुजेलको नेतृत्वमा रेस्टुरेन्ट एण्ड वार एसोसिएसन (रेवान) पोखराको नयाँ कार्यसमिति चयन भएको छ  ।

शुक्रवार लेकसाइड स्थित  माउण्ट कैलाश रिसोर्टमा  सम्पन्न भएको २४ औ वार्षिक साधरण सभा तथा १३ औ अधिवेशनले  भुजेलको अध्यक्षतामा १५ सदस्यित कार्यसमिति निर्विरोध चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा लक्ष्मण बराल, द्वितिय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा गणेश थापा, कोषाध्यक्षमा लोक गुरुङ्ग, सचिवमा विकास भट्टराई तथा सह–कोषाध्यक्षमा रोशन कार्की चयन भए ।

समितिको सदस्यहरुमा विश्वराज पौडेल, नरेश भट्टराई, राजेन्द्र ढकाल, भरत शर्मा, बसन्त गौतम, बैभव पौडेल र दिल श्रेष्ठ चयन भए । समितिको निर्वतमान अध्यक्षमा चौ बहादुर गुरुङ्ग रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button