लामाचौर तिज महोत्सव जारी, सोमबार देखि राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने

डिएनबी, पोखरा न्यूज- २४, भदौ ।

पोखराको लामाचौरमा जारी तीज महोत्सवमा आइतबार पनि विभिन्न खेलकुद प्रतियोगिता जारी रहेका छन। आइतबार सम्पन्न भएको नर बहादुर बानिया स्मृती प्रदेश स्तरिय सितोरियो कराँते प्रतियोगिताको उपाधि गोर्खा जिल्लाले जितेको छ ।

गोर्खाले ३ स्वर्ण ४ रजत पदक सहित प्रथम हुदै उपाधिको हात पारेको हो । ३ स्वर्ण २ रजत पदक सहित लमजुङ दोश्रो भयो भने कास्कीले २ स्वर्ण ३ रजत पदक ल्याउदै तेश्रो भएको छ । प्रतियोगितामा कास्की, स्याङजा, तनहँु सहित गण्डकी प्रदेशका ८ जिल्लाका खेलाडीहरु सहभागिता रहेको थियो ।

त्यसै गरी अन्तर मावि छात्रा भलिवल प्रतियोगिताको उपाधिको लागि टप्स मावि र करुणा निधि फाउण्डेसन (केफ) बिच सोमबार फाईनल खेल हुने भएको छ । आईतबार बर्षादका कारण उक्त खेल स्थगित भएको हो । टप्सले पहिलो सेमिफाईनल खेलमा गोर्खा स्कुललाई २५–१०, २५–१० र २५–५ को सोझो सेटमा पन्छाउदै फाईनलमा यात्रा तय गरेको हो । दोश्रो खेलमा भने केफले कास्की मोडनाईज एकेडेमीलाई २५–१५, २५–१३ र २५–९ को सोझो सेटमा पन्छाउदै फाईनलमा प्रबेस गरेको हो ।

त्यसै गरी सोमबार देखि महोत्सवमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको ए.पि.एफ. सहितको ५ टिमको सहभागिता हुने भएको नव आर्दश सामुदायिक विकास समाजले जनाएको छ । खेल तालिका सार्वजनिक भए पश्चात नेपाल पुलिस र जाउलाखेल प्रतियोगितामा प्राविधिक कारण वस सहभागि नहुने बताईएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले उक्त प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रचार संयोजक धर्ममानसिंह भण्डारीले बताए । उद्घाटन खेल पोखराको टप्स मावि र काठमाण्डौंको न्यू डाईमण्ड एकेडेमी बिच हुने भएको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । त्यसै गरी सोमबार एपिएफ र चितवन टाईगर बिच खेल हुने भएको छ भने न्यू डाईमण्ड र त्रिभुवन आर्मी क्लव बिचको लिग खेल हुने भएको हो । विजेतालाइ यस बर्ष २४ हजार ९ सय १, उपविजेतालाई १४ हजार ९ सय ४ रुपैया बृद्धि भएको हो । प्रतियोगितामा विजेता टिमले एक लाख रुपैया र दोश्रो हुनेले ६५ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने भएको संयोजक श्रेष्ठले जनाए ।

अन्तर समुह तीज गीत प्रतियोगिता सोमबार हुने भएको छ भने मंगलबार अन्तर बिद्यालय लोकनृत्य प्रतियोगिता हुने भएको हो । खुल्ला युगल प्रतियोगिता लगायतका विभिन्न कार्यक्रम जारी रहेको समाजका अध्यक्ष बम बहादुर गुरुङले बताए । यसैबिच दोश्रो दिनको महोत्सवमा सहभागि गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले यस्ता मेला र महोत्सवले उद्यमशिलता विकासमा थप टेवा पुग्ने बताए । सोमबार दिपक खड्का, वविता वानिया जेरी, शंकर क्षेत्री, सरस्वती लामिछाने लगायतका कलाकारको प्रस्तुती रहने भएको महोत्सवका सांस्कृतिक संयोजक दिल बहादुर थापाले बताए । नेवा खल लामाचौरले ताया माचा नृत्य प्रर्दशन गरेको थियो भने अल्फा वोर्डिङका बिद्यार्थीहरुले स्वागत नृत्य प्रर्दशन गरेका थिए ।

आइतबार प्रतिकुल मौसमका कारण ३ बजे पछिका अधिकाशं कार्यक्रम प्रभावित भएको प्रचार समितिका सदस्य कृष्ण अन्जन ज्ञवालीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button