लामाचौरमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु

उद्घाटन खेलमा न्यू डायमण्डको विजयी सुरुवात

डीएनबी, पोखरा न्यूज – २५, भदौ ।

पोखराको लामाचौरमा जारी तीज महोत्सवमा सोमबारदेखि राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा गत बर्षको उपविजेता काठमाण्डौंको न्यू डायमण्ड एकेडेमीले विजयी सुरुवात गरेको छ ।

लामाचौरमा रहेको इन्द्रराज्य लक्ष्मि माविको खेल मैदानमा भएको उद्घाटन खेलमा न्यू डायमण्डले पोखराको टप्स माविलाइ २५–२२, २५–१७ र २५–१९ को सोझो सेटमा पन्छाउदै विजयी सुरुवा गरेको हो ।

 लिग चरणकै दोश्रो खेलमा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको ए.पि.एफ.ले चितवन टाईगरलाई २५–२१, २५–१८ र २५–१४ को सोझो सेटमा पराजित गरेको हो । बर्षादका कारण लिग चरणको तेश्रो खेल स्थगित भएको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । न्यू डायमण्ड र विभागिय टोली त्रिभुवन आर्मी क्लव बिचको खेल जारी रहदा ठुलो बर्षाद भएसंगै खेल स्थागित भएको हो ।

यही भदौं २७ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले गरिन । कार्यक्रममा बोल्दै उनले यस्ता मेला र महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुनुले महिलाहरुको प्रतिभा प्रष्फुटन हुने धारणा ब्यक्त गरिन ।

उक्त प्रतियोगितामा ५ टिमको सहभागिता रहेको रहेको प्रचार संयोजक धर्ममानसिंह भण्डारीले बताए । विजेतालाइ यस बर्ष २४ हजार ९ सय १, उपविजेतालाई १४ हजार ९ सय ४ रुपैया बृद्धि भएको हो । प्रतियोगितामा विजेता टिमले एक लाख रुपैया र दोश्रो हुनेले ६५ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने भएको संयोजक श्रेष्ठले जनाए । नेपाल पुलिस र जाउखाखेल भलिवल प्रशिक्षण केन्द्र प्रविधिक कारण वश प्रतियोगितामा सहभागि हुन सकेनन ।

त्यसै गरी अन्तर मावि छात्रा भलिवल प्रतियोगिताको उपाधि टप्स माविले जितेको छ । सोममबार भएको फाइृनल खेलमा टप्सले करुणा निधि फाउण्डेसन (केफ) लाई सोझो सेटमा पराजित गर्दैै उपाधि जितेको हो । विजेताले २५ हजार र उपविजेताले १५ हजार पुरस्कार प्राप्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button