पत्रकार श्रेष्ठ सम्मानित, पुरस्कारको राशि वृद्धाश्रमलाई

पोखरा न्यूज- २५ , भदौ ।

ऋषिलीला पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् । पोखरा वृद्धाश्रमका उपाध्यक्ष कुसुमकेशव पराजुलीले आफ्ना बाबुआमाको नाममा स्थापना गरेको पुरस्कारबाट श्रेष्ठ सम्मानित भएका हुन् । पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिकको क्षेत्रमा योगदान पु¥याएको भन्दै श्रेष्ठलाई पोखरा वृद्धाश्रमको २१ औं वार्षिक साधारण सभामा सोमबार सम्मान गरिएको हो । प्रदेश सांसद मीना गुरुङले दोसल्ला र सम्मानपत्रले श्रेष्ठलाई सम्मान गरिन् ।

पुरस्कारको राशि नगद २० हजार छ । पुरस्कारको राशि २० हजार श्रेष्ठले पोखरा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकका लागि अध्यक्ष टीकाबहादुर भण्डारीलाई हस्तान्तरण गरे । विगत १७ वर्षदेखि पोखराको पत्रकारितामा क्रियाशिल श्रेष्ठ रेडियो अन्नपूर्णका सिइओ हुन् । यो पुरस्कारबाट गत वर्ष चट्ट्याङ मास्टर सम्मानित भएका थिए ।

कार्यक्रममा बोल्दै सांसद मीना गुरुङले संविधानले ग्यारेन्टी गरेको ज्येष्ठ नागरिकको हक अधिकारलाई कार्यान्वयन गर्न लागि पर्ने बताइन् । उनले पोखरा वृद्धाश्रमलाई गण्डकी प्रदेशकै नमुना वृद्धाश्रम बनाउनेतर्फ सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । सम्मानित व्यक्तित्व दीपेन्द्र श्रेष्ठले यो पुरस्कारले आफूलाई थप जिम्मेवारी बोध गराउनुका साथै पत्रकारितामा अझ क्रियाशिल हुन उर्जा दिएको बताए । ज्येष्ठ नागरिक देशका वौद्धिक सम्पत्ति भएकाले उनीहरुको संरक्षणमा राज्यले विशेष ध्यानदिनुपर्ने श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा पोखरा वृद्धाश्रमलाई विशेष सहयोग पु¥याउने गणेश बास्तोला, विश्वनाथ पराजुली, गायक कर्ण दास, डाक्टर यज्ञमान शाक्यलाई प्रदेश सांसद मीना गुरुङले दोसल्ला ओढाएर सम्मान गरिन् । कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा विद्धारुमकी सेविका रेश्मी तिमिल्सेनालाई सम्मान गरिएको थियो ।

पोखरा वृद्धाश्रमका अध्यक्ष टीकाबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर यज्ञमान शाक्य, गायक कर्ण दासले छोराछोरी असल भए वृद्धाश्रम आवश्यक नभएको बताए । कार्यक्रममा उपाध्यक्ष कुसुमकेशव पराजुलीले स्वागत र भावी योजना प्रस्तुत गरेका थिए भने सचिव केशवराज लम्सालले सञ्चालन गरेका थिए । पोखरा वृद्धाश्रममा ५८ जना ज्येष्ठ नागरिक आश्रित छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button