नारायणगढ-मुग्लिङ सडकखण्डमा तीन ठाउँमा पहिरो, यात्रु अलपत्र

पोखरा न्यूज – २६, भदौ ।

नारायणगढ-मुग्लिङ सडकखण्डमा तीन ठाउँमा पहिरो खसेको छ ।

पहिरो खसेसँगै नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ भने  यातायात सेवा  पूर्ण रुपले अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।

सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो ।

सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button