लमजुङमा पहिरोमा मृत्यु हुनेको संखय ४ पुग्यो (अपडेट)

पोखरा न्यूज – २८, भदौ  ।

लमजुङको मस्र्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । पहिरोमा हराएकी एक वृद्धाको शव आज फेला परेपछि मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो ।

सो घट्नामा परी बेपत्ता भएकी ७० वर्षीया ललितमाया गुुरुङको शव आज बिहान फेला परेको हो भने एकजना अझै बेपत्ता छन् । पहिरोमा पुरिएर बुधबार मस्र्याङ्दी–३ खुदी पल्लोटारीका ६० वर्षीया अभिरुपा थापा, १० वर्षीय सिराक थापा र मस्र्याङदी–४, श्रीचौरीकी अन्दाजी ४५ वर्षीय विष्णु गुरुङको मृत्यु भएको थियो ।

बुधवार मस्र्याङ्दीले बगाएका दुईजना अझै बेपत्ता छन् । बेशीशहर नगरपालिका–१० चितिमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाका श्रमिक बलिराम चौधरी र लक्ष्मण थारूलाई मस्र्याङ्दीको भेलले बगाएको हो । उनीहरु बर्दिया जिल्ला ठाकुरद्वार नगरपालिकाका हुन् । बाढीले उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाकै विभिन्न ठाउँमा चार घर, एउटा ट्र्याक्टर र तीन मोटरसाइकल बगाएको छ । बाढी पहिरोबाट जिल्लामा अहिलेसम्म नौजना घाइते भएको जिल्ला प्रकोप व्यवस्थापन समितिले जनाएको छ ।

निरन्तर पहिरो खसेका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध छ । अवरुद्ध सडकखण्डअन्तर्गत मस्र्याङ्दी–४ घोप्टेभिरमा २० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन् । उनीहरुको उद्धारका लागि हेलिकप्टर प्रयोग गरिए पनि सुरक्षित अवतरण हुन नसक्दा उद्धारमा कठिन भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button