स्याङ्जामा जिप दुर्घटना हुँदा ५ जना घाइते

पोखरा न्यूज- २८ भदौ । 

स्याङ्जामा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

जिल्लाको पुतलीबजार नगरपालिका-७ काफलबुटामा  बेसिगाउँबाट तनहुँको दुलेगौडातर्फ जाँदै गरेको ग १ ज ५०५२ नम्बरको जिप  दुर्घटना हुँदा चालक सहित जिपमा सवार  ६ जना मध्ये ५ जना घाइते भएको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

उपरीक्षक भट्टका अनुसार  दुर्घटनामा परि घाइते हुनेहरुमा पुतलिबजार नगरपालिका-७ कि १२ वर्षीया रितु केसि, चन्द्र कुमारी गुरुङ, कविता गुरुङ,  ४३ बर्षीय  हुम बहादुर गुरुङ र ३८ वर्षीया रुपा गुरुङ रहेका छन्  ।

घाइते भएका सबै जनाको जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

जिप सडकबाट करिब  १० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button