भरतपुरबाट पोखरातर्फ आउदै गरेको बस दुर्घटना हुँदा १ को मृत्यु ५ घाइते

पोखरा न्यूज – २९, भदौ ।

चितवनको भरतपुरबाट पोखरातर्फ आउदै गरेको बस दुर्घटना हुँदा १ जनाको को मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ५ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गको म्याग्दे गाँउपालिका – ३ नँयाबजारमा शुक्रबार भरतपुरबाट पोखरातर्फ आउदै गरेको ना५ख २ नम्बरको बस दुर्घटना हुँदा चितवनका १७ वर्षिय शन्देस खड्काको मृत्यु भएको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । दुर्घटनामा परि चितवन भरतपुरका सरोज थापा, नवलपरासीकी शान्ति गुरुङ, गंगा थापा, नर माया थापा र दुर्गा पुन घाइते भएको प्रहरी उपरीक्षक  भट्टले उल्लेख गरेका छन् । घाइतेहरुलाई उपचारको लागि पोखरा तर्फ ल्याइएको  उनले जनाए ।

 जन्ती बोकेको बस अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खस्न पुग्दा दुर्घटना भएको बताइएको छ   । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button