पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग हुने

डिएनबी, पोखरा न्यूज- ३०, भदौ ।

पोखरा उद्योग वाणिज्य संघले पहिलो पटक बिद्युतीय मेसिनको प्रयोग गर्ने भएको छ । संघको आउदो असोज ५ र ६ गते हुने ३२ औं महाधिवेशनकोे निर्वाचनमा बिद्युतीय मेसिनको प्रयोग हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

निर्वाचनलाई पारदर्शी, छिटो छरितो र प्रविधि मैत्रि बनाउने उद्धेश्यले संघको निर्वाचन बिद्युतीय मेसिनबाट हुने तयारी गरिएको निर्वाचन कमिटिका संयोजक तिर्थ श्रेष्ठले बताए । मतदातालाई मतदान सम्बन्धि जानकारी गराउदै भोटिङ मेसिनको प्रयोगले भोटिङ बदरको न्यून सम्भावना हुने संयोजक श्रेष्ठले जनाए ।

रामलक्ष्मण इनोभेसन नामको एक संस्थाबाट २२ वटा मेसिन ल्याई एकै पटकमा १९ जनाले मतदात गर्न सक्ने गरि व्याबस्था गरिएको निर्वाचन कमिटिका संयोजक श्रेष्ठले जनाए । संघको निर्वाचन भने असोज ६ गते विहान ८ बजे देखि हुने भएको निर्वाचन कमिटिका सह–संयोजक राजेन्द्र वाटाजुले बताए । उक्त बिद्युतीय मेसिनको प्रयोग गर्दा मदतान गरेको ढिलोमा डेढ घण्टामा नजिता आउने वाटाजुले जनाए । एक जनालाई कम्तिमा भोटिङका लागि ३ मिनेट समय निर्धारण गर्न गरिने भएको छ । उक्त मेसिन प्रयोग गर्दा कम्पनीलाई संघले करिब ५ लाख दिने भएको छ ।

अध्यक्षको लागि एक, बरिष्ठ उपाध्यक्षमा एक, उद्योग तर्फको उपाध्यक्षमा एक, बाणिज्य तर्फको उपाध्यक्षमा एक, महासचिवमा एक, कोषाध्यक्षमा एक, उप–महासचिवमा एक, बाँकी १० जना सदस्यको लागि निर्वाचन हुने भएको हो । संघको नियम अनुसार एक जना मतदाता निश्चित पदाधिकारी तथा सदस्यको लागि भोटिङ अनिवार्य रुपमा गर्नु पर्छ। बिद्युतीय मेसिनमा औलाले छोएर आफुलाई मन परेको उम्मेदवारलाई भोटिङ गर्न मिल्छ भने भोट गर्दा पुनः सच्चाउनु परेमा पनि मिल्छ । तर आवश्यकता भन्दा धेरै भोट हाल्न खोज्दा मेसिनले काम पुरा भएको संकेत गर्छ ।

विगत ५ बर्ष अघि देखि नेपालमा बिद्युतीय मेसिनको प्रयोग गर्दै आएको कारणले गर्दा हालसम्म आफुहरुले प्रयोग गर्ने मेसिनमा कुनै समस्या नहुने रामलक्ष्मण इनोभेसनका लक्ष्मण रिमालले दाबी गरे । आफुहरुले प्रयोग गर्ने सिस्टममा हालसम्म कसैले ह्याक गर्न नसक्ने गरी बनाएको उनले जनाए । हालसम्म नेपालको ६१ वटा ठाँउमा यसको प्रयोग गरिएको रिमालले जनाए ।

त्यसै गरी बस्तुगत तर्फ ४ र कर्पोरेट तर्फ २ औधोगिक तर्फ एक गरी २४ पदमा निर्वाचन हुने भएको हो । ३ हजार ३ सय ७७ जना संघमा आवद्ध सदस्यहरु रहेका छन।

दामु अधिकारी र रवीन्द्र बहादुर प्रजूको नेतृत्वको प्यानल निर्वाचनको तयारी स्वरुप घर दौलो कार्यक्रममा यति वेला व्यस्त रहेका छन। अध्यक्ष दुई प्रत्यासि अधिकारी र प्रजु मुख्य दुई पार्टी निकट बामपन्थी र  लोकतान्तिक प्यानलमा चुनावी मैदानमा उत्रिएका  हुन। अधिकारी हाल संघको महासचिव र प्रजु बरिष्ठ उपाध्यक्ष हुन ।

यसैबिच, शनिबार पोखरा उद्योग बाणिज्य संघको हलमा उम्मेदवार परिचय कार्यक्रम समेत आयोजना भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button