कास्कीको अन्नपूर्ण गाउँपालिकामा खोलाले बगाउँदा पर्यटक बेपत्ता

पोखरा न्यूज – ३१, भदौ ।

पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेका एक विदेशी पर्यटकलाई खोलाले बगाएको छ ।

ताइवानका ६६ वर्षीय हुई जू चिइन अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा शुक्रबार दिउँसो ३ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिम्कु खोलाले बगाउँदा बेपत्ता भएका हुन्। आठ जनाको समूहमा पदयात्रामा पुगेका पर्यटक चिइन चिप्लेर खोलामा बेपत्ता भएको घान्दु्रक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तुलबहादुर गुरुङले जानकारी दिए । टोलीमा गाइड र पोर्टर गरी सातजना नेपाली पनि सहभागी थिए ।

शनिबार दिनभर उनको खोजी गर्दा पनि फेला पार्न नसकिएको गुरुङ बताउछन्  । घटनास्थल प्रहरीचौकीबाट १३ घण्टा पैदल दूरीमा छ । लगातारको वर्षा र साँघुरो खोँच भएकाले खोजीमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button