यामाहाको स्कुटर रे जेडआर स्ट्रिट ¥याली पोखरामा

पोखरा न्यूज- ३१, भदौ  ।

पर्यटकीय नगरी पोखरामा “यामाहा रे जेडआर स्ट्रिट ¥याली” भित्रिएको छ । यामाहा मेटरसाईकल तथा स्कुटरको पोखरा क्षेत्रको आधिकारिक डिलर विश्वकर्मा अटो वक्र्सले यामाहाको नयाँ स्कुटर आइतबारदेखि पोखरामा भित्राएको हो ।

एक समारोहका बिच आईतबार गण्डकी प्रदेशका ट्राफिक प्रहरी उपरिक्षक विरेन्द्र कुमार बस्याल, पश्चिमाञ्चल डिलर्स एशोसियसनका अध्यक्ष चन्द्र कुंवर र नेपाल पत्रकर महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले उक्त स्कुटरको सार्वजनिक गरेका हुन।

कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी उपरिक्षक बस्यालले ट्राफिक सचेतनाको लागि आवश्यक जनशक्ति आवश्यक परे आफुहरुले सहयोग गर्ने बताए । पश्चिमाञ्चल डिलर्स शोसियसनका अध्यक्ष कुंवरले कम्पनीहरुले नयाँ सवारी साधनको विक्रिसंगै सेवालाई संगै विस्तार गर्नुपर्नेमा जोड दिए । नयाँ चालकहरुलाई ट्राफिक सचेतना बढी आवश्यक भएको उनको भनाई थियो । महासंघका अध्यक्ष श्रेष्ठले सडक दुर्घटनालाइ न्यूनिकरण गर्न चालकलाई सचेतना गराउन सुझाव दिए ।

मोरङ अटो वक्सका एरिया सेल्स म्यानेजर विकास कुमरले १ सय १३ सि सि ब्लु कोर इन्जिन भएको उक्त स्कुटीले पिक अप र माईलेज राम्रो दिने दाबी गरे । रेड र रेसिङ ब्लु कलरमा उपलव्ध उक्त स्कुटरको फ्रन्ट डिस व्रेक र एलोई ह्वील रहेको उनले जनाए । चालकको हात सुरक्षाको लागि नकल गार्ड, डिजिटल इन्स्ट्रयुमेण्टल प्यानल वोल्ड न्यू भाईजर यसको विशेषता रहेको कम्पनीको दाबी छ ।

उक्त स्कुटरको बजार मुल्य २ लाख ८ हजार ९ सय रूपैयाँ रहेको विश्वकर्मा अटो वक्र्सका प्रवन्ध निर्देशक सरोज श्रेष्ठले बताए । पावर र स्टाईलको उत्कृष्ट समिश्रण रहेको उनले जनाए । नेपालीहरुको महान पर्व विजय दशमी तथा शुभ दिपावलीको अवसरमा कम्पनीले प्रति स्कुटर तथा मोटरसाईकलमा कुपन सिस्टम लागु गरेको श्रेष्ठले जनाए । उनका अनुसार न्यूनतम ७ हजार देखि एक लाखसम्म कुपनमा उपहार पर्ने गर्दछ भने असोज ८ देखि १५ गतसम्म पोखरा सभागृहको परिसरमा यामाहा एक्सचेन्ज अफर संचालन हुने भएको छ । काजपत्र भएको कुनै पनि स्कुटर तथा मेटरसाईकल साटफेर गरिने न्यूनतम ३० हजार पुरानो स्कुटर तथा मेटरसाईकलको मुल्याङकन गरिने भएको प्रवन्ध निर्देशक श्रेष्ठले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button