सुनास खोजी पत्रकारिता पुरस्कार पत्रकार गिरीलाई

पोखरा न्यूज – ३१, भदौ ।

सुनास खोजी पत्रकारीता पुरस्कार पत्रकार अर्जुन गिरीलाई प्रदान गर्ने भएको छ ।

भ्रष्टाचार विरुद्ध क्रीयाशील सुनास कास्कीले यस बर्षको पुरस्कार पत्रकार गिरीलाई दिने भएको हो । पोखरामा विगत १० बर्ष देखि पत्रकारीता गर्दै आएका गिरी हाल ताण्डव न्यूज साप्ताहिक र ताण्डव न्यूज डटकम मा सम्पादक रहेका छन् ।

खोजमुलक समाचार लेख्ने पत्रकार गिरीलाई सुनासका पूर्व अध्यक्ष पुण्य पौडेलको संयोजकत्वमा गठित छनौट समितिले पुरस्कारको लागि सिफारिस  गरेको हो ।

छनोट समितिको सदस्यहरुमा पत्रकार महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र कोपिला नेपालकी विना सिलवाल रहेका थिए ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस ९ डिसेम्बरमा उक्त पुरस्कार प्रदान गरिने संयोजक पौडेलले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button