पोखरामा करिब १ करोडको कारोबार गर्दै मोबाइल एक्स्पो सकियो

मोबाइल एक्स्पोमा पत्रकार दवाडी सम्मानित

पोखरा न्यूज- ३१, भदौ ।

पोखरा मोबाइल टावरमा भदौ १७ गतेदेखि सुरु भएको मोबाइल एक्स्पो (मेला) करिब १ करोडको कारोबार गर्दै आइतबार सकिएको छ । आयोजक पोखरा टावर प्रालि प्रालिका अध्यक्ष उदय केसीले मेलामा १ करोड बढीको कारोबार भएको जानकारी दिए । मोबाइल एक्स्पोको आइतबार भएको समापन समारोहमा मेला सोचेअनुरूप सफल भएको बताउदै अध्यक्ष केसीले मेलालाई सफल बनाउने सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।

कार्यक्रममा आयोजकले पत्रकार कृष्ण दवाडीलाई पोखरा टावर पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । पत्रकार दवाडीलाई सम्मानपत्र र नगद ५ हजार १ सय सहित सम्मान गरिएको हो । दवाडी हिमाली आवाज साप्ताहिक र पिस पोखरा डटकममा आवद्ध छन् ।

समापन समारोहमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले समाजलाई सुसूचित गर्ने पत्रकारको मर्मलाई व्यवसायी बुझ्नु सकारात्मक भएको बताए । भूगोल र जनसंख्याको आधारमा मात्र महानगर बनेको पोखरालाई सच्चिकै महानगर बनाउने दायित्व उद्योगी, व्यवसायी र यहीका नागरिकको भएको उनले उल्लेख गरे ।

सम्मानित व्यक्तित्व पत्रकार दवाडीले सम्मानले आफूलाई यो क्षेत्रमा निरन्तर लाग्ने ऊर्जा थपिएको बताए । प्रालिका सचिव नारायण सुवेदीले पर्याप्त पार्किङ, सबैजसो ब्रान्डका मोबाइल, सर्भिस सेन्टर समेत बजारकै केन्द्रमा आफूहरुले उपलब्ध गराइएको बताए ।

कार्यक्रममा मेलामा उपहार जित्ने विजेताहरुलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button