पोखरा ट्रेड मलमा दशै तिहार उत्सव, १० लाख बराबरको उपहार योजना

पोखरा न्यूज- ३, असोज ।

नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा पोखरा ट्रेड मलले  हात खाली नजाने उपहार योजना ल्याएको जनाएको छ । हात खाली नजाने स्क्र्याच कुपनको बिशेष उपहार सहित मलमा वम्पर उपहार योजना ल्याएको  मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

पर्यटकीय नगरी पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मलमा दशै तिहार उत्सव २०७५ को कार्यक्रम अन्र्तगत बम्पर उपहार योजनामा सहभागि हुन न्यूनतम ५ सय रुपैया बराबरको मल भित्र कुनै पनि सामन किन्नु पर्ने तर स्क्र्याच कुपनमा सहभागि हुन भने न्यूनतम ५ हजार रुपैया बराबरको सामान किन्नु पर्ने पोखरा ट्रेड मलको दशैं तिहार उत्सव व्याबस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले बताए । उनले भने “ यस पटकको उपहार योजनामा ग्राहकको लागि १० लाख बराबरकोे उपहारको व्यवस्था गरेका छौं ।” उनका अनुसार बम्पर उपहारमा १ लाख एक जनालाई र १० हजार ५ जनालाई साथै स्क्र्याच कुपनमा ५० हजार सम्मकोे नगद तथा सपिङ भौचरको उपहार ग्राहकले जित्न सक्नेछन् ।

दशैं उत्सवलाई थप आकर्षण गर्न सेल्फी प्रतियोगिता, खाने प्रतियोगिता , ट्रेजरहन्ट लगायतका प्रतियोगिता हुने भएको छ । उक्त योजना यही असोज ५ गते देखि आगामी मंसिर ५ गते दुई महिनासम्म सञ्चालन हुने भएको समितिका सचिव माधव तिवारीले बताए । मंसिर ८ गते बम्पर उपहार विजेता छनौट हुने भएको छ ।

पोखरा ट्रेड मलका अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले पोखरेलीको माग अनुसार व्यापारिहरुले बस्तु तथा सेवा उपलब्ध गराउनु पर्ने बताए । पोखरामै विभिन्न पेसा व्यवसाय गरेर बसेका विभिन्न व्यक्तिहरुको करिब एक अर्व बढीको सामूहिक लगानीको व्यापारिक भवन विगत ३ बर्ष दखि संचालन हुदै आएको छ ।

मलमा हाल २ सय २५ वटा विभिन्न व्यपारिक स्टलहरु रहेको मलका प्रवन्ध निर्देशक मिनराज काफ्लेले बताए । उक्त मल भित्र आवश्यक पार्किङको वैकल्पिक रुपमा व्याबस्थापन गर्न सकिने स्थान रहेको उनले बताए । घटस्थापनाको दिनमा थप केहि स्टलहरु थपिएसंगै ३ बर्षमा उक्त मलमा भने पुरै स्टल भरिने भएको प्रवन्ध निर्देशक काफ्लेले बताए । नुनदेखि सुन सम्मका सामान एकै छानोमुनि पाइने भएकाले धेरै ग्राहकको मन जित्न समेत सफल भएको उनले दाबी गरे ।

समितिका सल्लाहकार सुरेस नेपालीले दशैं तिहारा उत्सवले पोखरा ट्रेड मल भित्रको व्यापार प्रर्बद्धन हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button