औद्योगिक समस्या समाधान गर्ने दामु प्यानलको प्रतिबद्धता

पोखरा न्यूज- ३, असोज ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेदवार दामु अधिकारीले पोखरा औद्योगिक क्षेत्र भित्र रहेका समस्याहरुको समाधानमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा औद्योगिक क्षेत्रभित्र बुधबार आयोजित उम्मेदवार परिचय कार्यक्रममा बोल्दै उनले ढल, भवन, पूर्वाधार, पानी, बिजुली बत्तीको समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी औद्योगिक क्षेत्र भित्रका व्यवसायीहरुसँग कुराकानी गर्दै उनले बास्तविक उद्योगी व्यवसायीको मर्म र भावनाको आफूले प्रतिनिधित्व गर्ने बताउँदै अध्यक्ष बनेपछि सधैं उद्योगी व्यवसायीको साथमा रहेर काम गर्ने बताए । लोडसेडिङ अन्त्य भएको भनिएपनि समय समयमा हुने लोडसेडिङले उद्योगी व्यवसायी मर्कामा परेको भन्दै उनले त्यसको समाधानका लागि आफूले पहल गर्ने उनले बताए । समावेशी व्यवसायी समूह बनाएर चुनावी अभियानमा होमिएको भन्दै उनले आफ्नो प्यानलको जित सुनिश्चित भइसकेको बताए ।

संघका महासचिवका उम्मेदवार किसान सुनारले युवा व्यवसायीहरुको प्रतिनिधित्व आफ्नो समूहले गरेको बताए । ‘अरुले गफ गर्छन्, हामी काम गर्छौं,’ उनले भने, ‘बास्तविक उद्योगी व्यवसायीहरुको समस्या हामीले बुझेका छौं ।’

वरिष्ठ उपाध्यक्षका उम्मेद्वार यदुनाथ अधिकारीले आफूले पानी उद्योग सञ्चालन गरिरहेकाले उद्योगीहरुको प्रतिनिधित्व गर्ने बताए । ‘सम्पूर्ण उद्योगी व्यवसायीहरुको साथ समावेशी व्यवसायिक समूहले पाउनेमा म विश्वस्त छु,’ उनले भने ।

उद्योगतर्फ उपाध्यक्षकी उम्मेद्वार गीता तिवारी गौतमले महिला उद्यमीहरु बढाउन आफूले पहल गर्ने बताइन् । वाणिज्यतर्फका उपाध्यक्षका उम्मेद्वार यमनाथ पौडेलले साना तथा मझौला उद्योगहरुको सम्भावना राम्रो रहेकाले प्रवद्र्धनमा आफूहरुले भूमिका खेल्ने बताए ।

कोषाध्यक्षका उम्मेद्वार प्रेमबहादुर भुजेलले उद्योगी व्यवसायीले भोग्नु परेको करको समस्या समाधान गर्न आफूहरु लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उपमहासचिवकी उम्मेद्वार सीता बरालले उद्योगमैत्री नीति आउनुपर्ने बताउँदै त्यसका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकि छन् ।

समावेशी समूहको प्यानलको अध्यक्षमा दामु अधिकारी, वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष (उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) तर्फ यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उप–महासचिवमा सीता बराल उम्मेद्वार छन् । सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेल उम्मेद्वार छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button