लमजुङका बाढी पहिरोपीडित परिवारलाई राहत, बाढीले बगाएर पुनः २ बेपत्ता

पोखरा न्यूज- ०३, असोज  ।

बाढीपहिरोमा परी मृत्यु भएका लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ नासकुचेका तुलसीप्रसाद तामाङको परिवारलाई राहत प्रदान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले रु एक लाखका चेक उनका जेठो छोरा मेकराशी तामाङलाई आज हस्तान्तरण गरेका हुन्।

गत बुधबार बाढीपहिरोमा परी बेपत्ता भएका ५८ वर्षीय तामाङको शव सोमबार दिउँसो राइनास नगरपालिका–८ तार्दी खोला दोभान डुम्रेस्वारामा मस्र्याङ्दी नदीले बगाएर ल्याएको अवस्थामा फेला परेको थियो ।

मस्र्याङ्दी गाउँपालिकाले पहिरोमा ज्यान गुमाएका तुलसीको परिवारलाई रु ५० हजार प्रदान गरेको मस्र्याङ्दी गाउँपालिका–४ का वडाध्यक्ष सुमन गुरुङले बताए।

पहिरोमा परी अर्खलेबेँसीबाट बेपत्ता भएका स्थानीय ७० वर्षीया ललितमाया गुरुङको शव बिहीबार पहिरो गएकै ठाउँमै फेला परेको थियो । पहिरोमा परेर मस्र्याङ्दी गाउँपालिका–५ घर भई वडा नं ४ श्रीचौरमा बस्दै आएकी ४८ वर्षीया विष्णुकली गुरुङ, मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका ६० वर्षीया अतिरुपा थापा र उहाँका नातिनी आठ वर्षीया शिरस थापाको पनि मृत्यु भएको थियो ।

आज नै मस्र्याङ्दीमा आएको बाढीले बगाएर बेपत्ता भएका बर्दिया ठाकुरद्वारा नगरपालिका–५ का बलिराम चौधरी र लक्ष्मीप्रसाद थारुको अवस्था अज्ञात छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button