पोखरा न्यूज- ०६, असोज ।
पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा दामु अधिकारी निर्वाचित भएका छन् । अध्यक्षकका अर्का प्रत्यासी रबिन्द्र बहादुर प्रजुलाई ७ भोटको झिनो मतान्तरले पराजित गर्दै अधिकारी निर्वाचित भएका हुन् ।
नेकपा प्यानलबाट अधिकारी अध्यक्षमा निर्वाचित भए भने बाकी सबै पदाधिकारीमा कांग्रेस निकट प्रजु प्यानलका विजयी भएका छन् ।
पदाधिकारीमा बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्य उपाध्यक्षमा पवन प्रजापति, महासचिवमा अर्जुन पोखरेल, उप महासचिवमा चिनु गुरुङ र कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् ।
कुल २९८६ मत खसेकोमा अधिकारीले १४७८ मत प्राप्त गरे भने प्रजुले १४७१ मत प्राप्त गरे । बिद्युतीय मेसिनको प्रयोग गरी मतदान गरिएतापनि कुल खसेको भनिएको मतमा दुवै उम्मेदवारको मत जोड्दा पनि ३७ मत अपुग देखिन्छ । प्राप्त पदाधिकारीका उम्मेदवारको मत पनि फरक देखिन्छ । संघमा पहिलोपटक बिद्युतीय मेसिनको प्रयोग गरीएको हो ।
अध्यक्ष
दामु अधिकारी १४७८ ( विजयी )
रबिन्द्र बहादुर प्रजु १४७१
बरिष्ठ उपाध्यक्ष
नारायण कोइराला १७१५ (विजयी )
यदुनाथ अधिकारी १२३५
उद्योग उपाध्यक्ष
बिन्दु कोइराला सुवेदी १७११ (विजयी )
गीता तिवारी १२३८
बाणिज्य उपाध्यक्ष
पवन प्रजापति १८३६ (विजयी )
यमनाथ पौडेल ११०५
महासचिव
अर्जुज पोखरेल १७०२ (विजयी )
किसान सुनार १२४८
कोषाध्यक्ष
सुरेन्द्रमान बिजुक्छे १५०२ (विजयी )
प्रेम भुजेल १४४५
उप – महासचिव
चिनु गुरुङ १५६१ (विजयी )
सीता वराल १३८८
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution