यी हुन पोखरा उद्योग वाणिज्य संघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरु (मत परिणाम सहित)

पोखरा न्यूज -६, असोज ।

पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा दामु अधिकारी निर्वाचित भएका छन् । समामवेशी प्यानल मार्फत चुनावी मैदानमा उत्रिएका उनले लोकतान्त्रिक समुहका रबिन्द्रबहादुर प्रजूलाई ७ मतको झिनो अन्तले पराजित गरेका हुन। अधिकारीले १ हजार ४ सय ७८ मत ल्याउदा उनका प्रतिद्धन्दी प्रजूले १ हजार ४ सय ७१ मत प्राप्त गरे ।

३ हजार ३ सय ७७ मतदाता रहे पछि शनिबार भएको मतदानमा २ हजार ९ सय ८६ अर्थात ८८.५ प्रतिशत भत खसेको थियो । अध्यक्षको पदमा ३७ भोट भने मतदाताले मतदान गर्न गए पनि उक्त पदमा भोट नहालेकोले ३७ भोट नो भोट भएको निर्वाचन कमिटिका सहसंयोजक राजेन्द्र बाटाजुले बताए । बाँकी सम्पुर्ण पदाधिकारीमा लोकतान्त्रिक समुहका उम्मेदवार विजयी बने भने समावेसी प्यानलमा ६ जना सदस्य निर्वाचित भएका हुन।

संघको बरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका नारायण कोइरालाले १ हजार ७ सय १५ ल्याउदै विजयी भएभने उनका निकटतम प्रतिद्धोन्दी यदुनाथ अधिकारीले १ हजार २ सय ३५ मत ल्याएका हुन। उद्योगतर्फको उपाध्यक्षमा बिन्दु कोइराला सुबेदीले १ हजार ७ सय ११ ल्याउदै विजयी भईन । उनका निकटतम प्रतिद्धोन्दी गीता तिवारी गौतमले भने १ हजार २ सय ३८ मत ल्याएकी हुन।

वाणिज्यतर्फको उपाध्यक्षमा पवन प्रजापतिले १ हजार ८ सय ३९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धोन्दी यमनाथ पौडेलले १ हजार १ सय ५ मत ल्याएका हुन।

महासचिवमा अर्जुन पोखरेल १ हजार ७ सय २ ल्याउदा उनका निकटतम प्रतिद्धोन्दी किसान सुनारले भने १ हजार २ सय ४८ मत ल्याएका हुन। उपमहासचिवमा चिनु गुरुङ १ हजार ५ सय ६१ मत ल्याउदा उनका निकटतम प्रतिद्धोन्दी सीता बरालले १ हजार ३ सय ८८ मत ल्याएकी हुन।

निर्वाचित कार्यसमिति सदस्यहरु

सदस्यहरुमा प्रजु प्यानलका बलराम आचार्य, केशबबहादुर खत्री, दिनेश चन्द्र बास्तोला, कुमारी मुना बास्तोला, कीर्तिबल्लभ त्रिपाठी, ऋषिराम भण्डारी र रामेश्वर अधिकारी विजयी भएका छन् । सदस्यमा अधिकारी प्यानल बाट सोवित पौडेल, रुद्र लुइटेल, नगेन्द्र सुवेदी विजयी भएका छन् ।

त्यसै गरी बस्तुगत तर्फ प्रजु प्यानलबाट हरिराज पन्त विजयी हुदा अधिकारी प्यानलबाट विजयी हुनेमा  तीन जना चिन्तामणि बास्तोला, तारानाथ ढुंगाना, र श्रीप्रसाद घले रहेका छन। कर्पोरेट सदस्यमा भने प्रजु प्यानलकै दुई सदस्य हर्क अधिकारी र शुरेसबहादुर श्रेष्ठ विजयी भएका हुन ।

संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा २ जना सहित ४६ जना प्रतिष्पर्धामा थिए । अध्यक्षमा रबिन्द्रबहादुर प्रजु लोकतान्त्रिक समूह र दामु अधिकारी समावेशी व्यवसायी समूहको प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् । पोखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष समेत रहेका प्रजूलाई कांग्रेसको समर्थन थियो भने अधिकारीलाई नेकपाको समर्थन थियो । निर्वाचन कमिटिले शनिबार बेलुका मतपरिणाम सार्वजनीक गरेसंगै संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले नव निर्वाचित अध्यक्ष दामु अधिकारीलाई सफत ग्रहण गराएका हुन। अध्यक्ष अधिकारीले प्रजु प्यानलका एक सदस्य शुरेसबहादुर श्रेष्ठ सहित आफ्नो प्यानमा भएका ६ सदस्यलाइ मात्र सफत ग्रहण गराएका हुन। प्रजु प्यानलका पदाधिकारी सहितका अन्य सदस्यहरु किन सफत लिन गएनन भन्ने बिषयमा हामीले सम्बन्धित पक्षलाई सम्पर्क गर्न खोज्दा फोन उठेन। निर्वाचन कमिटिका अध्यक्ष तिर्थ श्रेष्ठ रहेका थिए ।

संघले पहिलो पटक भोटिङ मेसिनबाट मतदान गराएको हो । मतदाताहरु निर्वाचन कमिटिले दिएको समय सिमा भन्दा केहि ढिलो आएकोले समितिले एक घण्टा समय थप गरी बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो । निर्वाचनको मतपरिणाम आएसंगै अधिकारी समर्थित विजयी उत्सव बनाउन व्यस्त हुदा प्रजु प्यानलका उमेदवार सहितका समर्थी संघबाट आफ्नो गन्तव्यमा लागेका थिए । संघको निर्वाचनको समयमा दिनभरी जसो गैरापाटन क्षेत्रमा सवारी साधनलाई प्रबेस निधेष गर्दा केही सेवाग्राहिले सास्ती भोग्नु परेको गुनासो गरेकाछन।

निर्वाचित अध्यक्ष अधिकारीले आफुहरुले गरेको मेहनत अनुसारको नजिता नआएको गुनासो गरे । उनले आफुले धेरै मत अन्तरले जित हुने आसा गरे पनि कम अन्तरले जित हासिल भएको बताए । निर्वाचनको समयमा प्यानलमा चुनावी मैदानमा उत्र्रिए पनि अब भने सवैलाई मिलायर सवैसंगको सहकार्यमा अघि बढ्ने उनले बताए । संघ र व्यवसायीहरुको हक र हितको लागि लागि पर्ने उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button