स्वतन्त्र पत्रकारको उर्जा देखेर छक्क परे – मन्त्री चुमान

पोखरा न्यूज- ८, असोज ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले स्वतन्त्र पत्रकारको उर्जा देखेर छक्क परेको बताएका छन् । स्वतन्त्र पत्रकार संघ नेपाल राष्ट्रिय समितिले यही असोज ६ देखि ८ गतेसम्म पोखरामा आयोजना गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सोमबार  एक समारोहका बिच समापन गर्दै मन्त्री चुमानले स्वतन्त्र पत्रकारहरुले देखाएको उत्साह र जागर देख्दा आफु छक्क परेको बताएका हुन् ।

कार्यक्रममा आउनुपुर्व स्वतन्त्र पत्रकार भनेको के हो ? यस्ता  नि पत्रकार हुन्छन र ? भन्ने प्रश्नले आफ्नो दिमाग खलबलिएको बताउदै मन्त्री चुमानले सानो संख्यामा कमजोर पत्रकार होलान भन्ने सोचेकोमा कार्यक्रममा  स्वतन्त्र पत्रकारको प्रस्तुति देखेर आफु अचम्म परेको बताए । पत्रकारिता ब्यबसायिक र मर्यादित हुने हुँदा त्यसप्रति सबै पत्रकार सधै इमान्दार हुनुपर्ने र त्यसलाई सबैले सम्मान गर्नुपर्ने समेत उनले बताए ।

फरक प्रसंगमा बोल्दै मन्त्री चुमानले संघियताको मुल मर्म प्रदेश सरकार भएकोले संघियतालाई दिगो र दरिलो पार्न  प्रदेश सरकार अपरिहार्य रहेको बताए। संघियता कसैको आयातित नभएको दाबी गर्दै मन्त्री चुमानले आफ्नै सृजनामा निर्मित संघियतामा विविधता हुनु ठुलो कुरा  भएको दाबी गरे ।

गण्डकी प्रदेशको उत्तरमा चिन र दक्षिणमा भारत यस प्रदेशको सिमाना जोडिए पनि हाल उक्त भन्सारबाट सुको नआउने उनले गुनासो गरे । उनले भने “ भन्सार कर स्वायत्त भएको भए भन्सारबाट हामीले धेरै राजश्व संकलन गर्न सक्थ्यौं तर संघिय सरकारले संघमा केन्द्रित गरेकोले त्यसबाट हामीले खासै राजश्य उठाउन सकेका छैनौं । ” उत्तरी र दक्षिणी नाका समेत हाल संचालनमा आउन नसकेकोले भन्सारबाट उठ्ने राजश्व संकलन हुन नसकेको उनले जनाए ।

प्रदेश सरकार स्वतन्त्र भए जस्तो भए पनि संघयि सरकारका केहि नियम र उनले दिएको निर्देशनमा चल्नु पर्दा केहि विकास निमार्णमा प्रदेशको गति सुस्त भएको उनले बताए । प्रदेश सरकारले सक्रंमणकालिन अबस्थाबाट प्रशासनिक व्याबस्थापन गर्दै अघि बढ्ने क्रममा जनचहाना अनुसार जनताले अपेक्षा गरे अनुसार तिव्र गतिमा काम हुन नसकेको सुचना तथा संचार मन्त्रालयको जिम्मेवार समेत पाएका मन्त्री चुमानले बताए । पत्रकारिता व्यवसायीक बन्नु पर्नेमा जोड दिदै उनले यो दुनियामा स्वतन्त्र पत्रकार हुन्छ भनेको सुन्दा आफु निकै अचम्ममा परेको बताए ।

अग्रज पत्रकार एवं मुख्य प्रशिक्षक रामकृष्ण रेग्मीले आम संचार माध्यमलाई सहि ढंगले सदुपयोग गरी जनताको इृच्छा र चहाना पुरा गर्न पत्रकारले स्वतन्त्र पत्रकारिता मार्फत धर्म र मर्म अनुसार काम गर्नुपर्नेमा जोड दिए । संघका सल्लाहकार नारायण कार्कीले स्वतन्त्र पेशाको रुपमा रहेको पत्रकारहरु विभिन्न पार्टी निकटका भातृ संगठनमा लागेर पत्रकारिताको मर्म विपरित काम भईरहेको दाबी गरे ।

संघका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव नबराज पहाडीले गरेका थिए । कार्यक्रममा संघमा आवद्ध १२ जिल्लाका ३० जनाको सहभागिता रहेको थियो । शनिबार देखि सुरु भएको उक्त कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले गरेका थिए । पत्रकारहरु यो वा त्यो नामबाट बाडिनु भन्दा आफ्नो पेशागत धर्ममा मिसनमा कटिवद्ध हुनुपर्ने उनले बताए ।

नेपाल पत्रकार महासंघ कास्कीको हलमा उक्त कार्यक्रम भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button