पोखरामा भोलि देखि अग्रिम टिकट बुकिङ खुल्ने, अन्यत्र भने आजै देखि खुल्ला

पोखरा न्यूज- ०९, असोज ।

देशका अधिकाशं ठाँउमा मंगलबार देखि यातयात व्यवसायीहरुले अग्रिम टिकट खुल्ला गर्न सुरु गरेका छन भने पोखरा क्षेत्रमा केही व्यवसायीहरुले भने भोलि बुधबार देखि खग्रिम टिकट खुल्ला गर्ने भएका हुन।

यातायात व्यवसायी र सरकार बिचको लामो द्धन्द पछि अन्ततः पेट्रोलिय पदार्थको मुल्य बृद्धिसंगै भाडा बढाउने निर्णयले यातायात व्यवसायीहरुले नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा अग्रिम टिकट खुल्ला गरेका हुन। नेपालीहरुको महान पर्व दशैं को अवसरमा यात्रुलाई आफ्नो घर वा आफन्तकोमा जानको लागि लक्षित गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार देखि अग्रिम टिकट खुल्ला गर्ने निर्णय अनुसार देश भर आज र भोलिबाट अग्रिम टिकट खुल्ला गरिने भएको महासंघका केन्द्रिय सदस्य केशव प्रसाद अधिकारीले बताए । सरकारले १० प्रतिशत भाडा बृद्धि गर्ने निर्णय गरेको हो ।

जगदम्बा टुर्स एण्ड ट्राभल्सका संचालक समेत रहेका सदस्य अधिकारीले आफ्नो ट्राभल्स मार्फत आज (मंगलबार) बिहानै देखि अग्रिम टिकट खुल्ला गरिएको बताए । पृथ्बी राजमार्ग बस संचालक समितिका महासचिव योगेद्र केसीले भोलि बुधबार देखि दशैं लक्षित अग्रिम टिकट खुल्ला हुने बताए । २०६९ सालमा भएको भाडा समायोजन पछि धेरै पटक पेट्रोलिय पदार्थमा मुल्य बृद्धि हुदा हालसम्म समायोजना नभएकोले आफुहरु ठुलो मारेमा परेको उनले बताए । उनका अनुसार २०६९ सालमा प्रति लिटर डिजेल ६९ रुपैया रहेकोमा हाल प्रति लिटर डिजेल १ सय १ रुपैया पुगेको छ । दशैं लक्षित गरी गत बर्ष करिब २० हजार यात्रुले अग्रिम टिकट बुकिङ गरेको उनले बताए । यस बर्ष पनि पुर्व, पश्चिम लगायतका स्थानमा पोखराबाट यात्रुलाई सहज ढंगले लैजानको लागि आवश्यक अनुसार यातायात सेवा आफुहरु उपलब्ध गराउने तयारी गरेको महासचिव केसीले जनाए । समितिमा हाल करिब १ हजार ३ सय ७४ वटा माईक्रो सहितका बसहरु रहेकाछन।

पेट्रोलिय पदार्थमा १२ दिनमा दुई पटक भएको मुल्य बृद्धि ४८ घण्टा भित्र फिर्ता नभए अग्रिम टिकट बुकिङ नहुने यातायात व्यवसायीले धम्की दिएसंगै सरकारले भाडा समायोजन गरेको हो ।

भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच असोज ५ गतेदेखि खुल्ला गर्ने सहमति जुटेको थियो तर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खोल्न मानेका थिएनन् । सरकारले १० प्रतिशत गाडी बृद्धि गरेसंगै सोमबार महासंघले बैठक बसी टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button