पोखरातर्फ आउदै गरेको माइक्रोबस तनहुँमा दुर्घटना हुँदा दुईको मृत्यु, ९ घाइते

पोखरा न्यूज- ०९, असोज ।

तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दमौलीबाट पोखरातर्फ आउदै गरेको बा ३ ख ४४४२ नं को माइक्रोबस र पोखराबाट भैरहवातर्फ जादै गरेको लु१ख ४१९४ नं को मिनी बस  म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्कर खादा दुई जना महिलाको मृत्यु भएको हो ।

व्यास ४ कि ३५ वर्षकी सरस्वती कुँवर र पहिचान खुल्न नसकेकी अन्दाजी १९ वर्षकी एक युवतीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । घाइते मध्ये माइक्रोका चालक सहित ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button