बेँसीशहर–चामे सडकखण्ड सञ्चालन

  • रासस
  • २०७५ आश्विन १४
Post Thumbnail

पोखरा न्यूज – १४, असोज  ।

हिमालपारिको जिल्ला मनाङ जाने बेँसीशहर–चामे सडकखण्ड १९ दिनपछि सञ्चालनमा आएको छ ।

गत भदौ २७ गते अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बेँसीशहर–चामे सडकखण्ड आज दिउँसोदेखि सञ्चालनमा आएको हो ।

वर्षापछि आएको बाढीपहिरोले मस्र्याङ्दी गाउँपालिकाका विभिन्न स्थानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । बेँसीशहर–चामे सडकखण्डको वैकल्पिक सडक नहुँदा मनाङका साथै उत्तरी भेगका घेर्मु, ताघ्रिङलगायतका स्थानीयवासीले समस्या भोग्नुपरेको थियो ।

अवरुद्ध सडक नियमित गर्न विस्फोटक पदार्थ र जेनेरेटरसहित ‘कम्प्रेसर’ यन्त्रको प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए । डिभिजन सडक कार्यालय दमौलीको प्राविधिक सहयोग, बुटवल पावर कम्पनीद्वारा प्रवद्र्धित विद्युत् आयोजनाको उपकरण प्रयोग गरी रामबजारबाट घोप्टेभीर अर्खलेतर्फको अवरुद्ध सडक खुलाइएको उनले बताए। चट्टान हटाई विस्फोटन गराउन नेपाली सेना, नेपाल प्रहरीका सुरक्षाकर्मी, डिभिजन सडक कार्यालयका कर्मचारी र विद्युत् आयोजनाका कर्मचारी खटिएका थिए ।

पहिरोमा फसेका १४ सवारीसाधन निकालिएसँगै सडक नियमित भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । बाटो खुलेसँगै मनाङ तथा उत्तरी लमजुङका बासिन्दालाई सहज भएको मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए   ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस