पोखराको पुम्दीमा चिन सरकारको २ करोड ५० लाख सहयोगमा होष्टेल निमार्ण हुने

डिएनबी, पोखरा न्यूज – २३, असोज ।

पोखरा महानगरपालिका – २२ पुम्दी भुम्दीको शुक्रराज माबिमा मित्र राष्ट्र चिन सरकारको सहयोगमा प्राविधिक शिक्षा (पशु विज्ञान) बिषयको लागि छात्रबास (होष्टेल) निमार्ण हुने भएको छ ।

चिन सरकारको सहयोगमा  करिब २ करोड ५० लाखको लागतमा सभाहल , छात्र तथा छात्राको ३/३ कोठा तथा डाईनिङ रुम सहितको  होष्टेल निमार्ण गरिने बिद्यालयका प्राचार्य नरनाथ बरालले बताए । १५ महिना भित्रमा बिद्यालयमा २ सय क्षमताको  सभाहल सहितको २ तले पक्की भवन निमार्ण हुने भएको हो ।

बिद्यालयमा विगत ५ बर्ष देखि संचालन हुदै आएको प्राविधिक शिक्षा होष्टेलको अभावमा प्रभावकारी हुन नसकेपछि चिन सरकारको सहयोगमा  होस्टेल निमार्ण  गर्न लागिएको प्राचार्य  बरालले बताए । प्राविधिक बिषयको शिक्षामा जोड दिदै स्वरोजगार र दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले चिन सरकारले पोखरा महानगरपालिका मार्फत  संरचना बनाउने भएको प्राचार्य बरालले जनाए ।

बिद्यालयमा अध्ययन गर्न धेरै टाढाबाट बिद्यार्थीहरु आउनु पर्दा उनीहरुको पढाइको स्तर कम्जोर भएको  र केहिले बिचमै छाड्ने समस्या देखिएकोले प्राविधिक शिक्षालाइ दिगो रुपमा संचालन गर्ने र विधार्थीको स्तर सुधार गर्न होस्टेलले मद्यत पुग्ने उनले बताए । उनले भने “ पशु विज्ञान महत्व धेरै भए पनि कोर्ष निकै कठिन भएको हुनताले कक्षा ११ र १२ मा धेरैले अध्ययनको  क्रममा बिचमै छाड्ने गरेका छन अब होस्टेल संचालन पछि उनीहरुलाई पढाईमा मत्र बढी केन्द्रित गराई शिक्षामा सुधार ल्याउन सकिने अपेक्षा हामीले  गरेका छौं । ”

यसैबिच, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उक्त होष्टेलले मंगलबार  एक समारोहका बिच शिलन्यास गर्दै बिद्यालयको शैक्षिकसंगै खेलकुद विकासमा मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए । बिद्यालयमा निमार्ण हुदै गरेको फुटवल मैदानमा आवश्यक सहयोग गर्ने मन्त्री विश्वकर्माले बचन दिएका छन।

पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले चिनिया सरकारबाट प्राप्त भएको सहयोगलाई सहि ढंगले सदुपयोग गर्न सके धेरै ठाँउबाट शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग उपलब्ध हुने बताए ।

पोखरा महानगरपालिकामा प्राविधिक शिक्षाको माग तिव्र भए पनि विभिन्न कारणले गर्दा बिद्यार्थीहरुको क्रेज घट्दै गएको पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले बताए ।

नेकपाका नेता तेज नारायण अधिकारीले देशमा प्राविधिक शिक्षाको माग रहेको बताए ।

बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद समेत रहेका रामजी बराल (जिवन) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button