‘पार्टीलाई एकताको सूत्रमा बाँध्न आवश्यक’

पोखरा न्यूज – २५, असोज ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताको सूत्रमा बाँध्न आवश्यक रहेको बताएका छन ।

काङ्ग्रेस क्षेत्र नं १ तनहुँले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले पार्टीभित्र न्याय, निष्पक्षता र पारदर्शिताको मूल्याङ्कन हुन आवश्यक रहेको औँल्याए । राष्ट्रका लागि काङ्ग्रेसले महत्वपूर्ण भूमिका खेल्न नसकेको उल्लेख गर्दै उनले  भने, “संसदीय दलले सदनदेखि सडकसम्म प्रतिरोध गर्न नसक्दा काङ्ग्रेसले यो हविगत भोग्नुपरेको हो ।”

नेतृत्वको कमजोरीले पार्टीले पराजय भोग्नुपरेको उनको भनाइ थियो । कार्यक्रममा राष्ट्रियसभाका सांसद प्रकाश पन्थ, सांसदद्वय दोबाटे विक र सरिता गुरुङ, पूर्वमन्त्री अमरराज कैनी, पूर्वसांसद रामचन्द्र पोख्रेल, पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायतले शुभकामना दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button