नवलपुरको अरुणखोलामा बस दुर्घटना हुँदा पाँचको मृत्यु, ५१ जना घाइते

पोखरा न्यूज – ४, कार्तिक ।

गण्डकी प्रदेश अन्तर्गतको नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नम्बरको  बस आइतबार  बिहान ५ बजेको समयमा दुर्घटना हुँदा बसमा सवार पाँच जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । मृतकहरुको नाम, ठेगाना खुल्न नसकेको उनले बताए ।

उपरीक्षक थापाका अनुसार बस अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खसेको छ । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताए । दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button