तनहूँमा बस दुर्घटना, ३३ जना घाइते

पोखरा न्यूज – ४, कार्तिक ।

तनहुँको नारीघाटमा बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

बेशिशहरबाट मुग्लिङतर्फ जादै गरेको ना ४ ख ७८४१ नम्वरको बस आबुखैरेनी गाउँपालिकाको नारीघाटमा आफै अनियन्त्रित भई दुर्घटना ग्रस्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आइतवार दिउसो करिब २:४५ मा भएको दुर्घटनामा परि ३३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी हवल्दार पहल थापाले पोखरा न्यूजलाई जानकारी दिए । हवल्दार थापाका अनुसार घाइतेहरुको तनहुँको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको  बताउदै उनीहरुको पहिचान खुल्न बाकी रहेको थापाले जनाए ।

दुर्घटनापछी चालक फरार रहेको र सामान्य अवस्थामा रहेका यात्रुहरु आ- आफ्नो बाटो लागेकाले बसमा कति जना सवार थिए भन्ने एकिन भइनसकेको प्रहरीले जनाएको छ ।

बस तीव्र गतिमा रहेको र सिट क्षमता भन्दा बढी यात्रु बसमा सवार रहेको स्थानीयले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button