तनहुँमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जना घाइते

पोखरा न्यूज – ०७, कार्तिक ।

तनहुँमा बुधवार दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ७ जना घाइते भएका छन् ।

तनहुको वेशिशहरबाट डुम्रेतर्फ आउँदै गरेको ना ४ ख ५८८५ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग १ च ९३७७ नम्बरको बलेरो संगै ना ५ ख ४२८९ नम्बरको बसलाई ठक्कर दिंदा १ पैदलयात्री तथा बसमा सवार ५ जना घाइते भएका छन् ।

डुम्रे – बेशिशहर सडक खण्ड अन्तर्गत साजबोटेमा एउटा बसले दुईवटा सवारीसाधनलाई ठक्कर दिंदा पैदलयात्री सहित ६ जना घाइते भएको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

प्रनाउ पुरीका अनुसार घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको भइरहेको छ । प्रहरीले तिन वटै सवारी साधन र चालकहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसैगरी बुधवार पोखराबाट बेलचौतरातर्फ जाँदै गरेको MB/SB 03 नम्बरको पर्यटक मोटरसाइकलले तनहुँको शुक्लागण्डकी नगरपालिका- ४ दुलेगौंडामा पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट ६५ वर्षीया कमला कुमारी घले घाइते भएको र उनलाई उपचारको लागि पोखरा तर्फ ल्याइएको प्रनाउ पुरीले उल्लेख गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button