पिपिएल् : काठमाडौंको शानदार जीत, बुटवलको तेस्रो हार

पोखरा न्यूज – १६, कार्तिक ।

पिपिएल् अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौले बुटवललाई ३७ रनले पराजित गर्दै प्ले अफमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७२ रनको विशाल स्कोर खडा गर्यो । उसका लागि नरेश बुढा एैरले ५८(२८) रन बनाए भने जयकिशन कोल्सावालले पनि ४५(३५) रनको योगदान दिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले पनि १३ बलमा २५ रनको आक्रामक पारी खेले । बुटवलका विपिन खत्रीले २ विकेट लिए ।

१७३ रनको विशाल लक्ष्य पछ्याएको बुटवलका रोहन मुस्तफाले ६१(५१) रन बनाए पनि अन्य खेलाडीले खासै योगदान दिन नसक्दा  १३५ रनमै सीमित सहज हार बेहोर्न पुग्यो । बुटवलका सिद्धान्त लोहनीको १३ रन नै दोस्रो ठूलो स्कोर रह्यो । बलिङतर्फ काठमाडौंका अमर सिंह रौतेलाले ३ विकेट लिँदा नन्दन यादव र वसन्त रेग्मीले २-२ सफलता पाए ।

खेलमा आफ्नो आक्रामक अर्धशतकका लागि नरेश नै म्यान अफ दि म्याच घोषित भए । खेल पछि ४ खेलमा ६ अङ्क जोड्दै काठमाडौं अङ्कतालिकाको अग्रस्थानमा उक्लेको छ । ५ खेलमा ४ अङ्क मात्र जोडेको बुटवलको प्ले अफमा पुग्ने सम्भावना भने क्षीण बनेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button