गीत हिन्दी, फिल्म नेपाली, ठाउँ पोखरा – हेर्नुहोस् भिडियो

पोखरा न्यूज।

अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको नेपाली फिल्म ‘प्रेमलीला’ को पहिलो गीत सार्वजनिक भएको छ । पोखराका मनोरम स्थानमा छायांकन गरिएको ‘जाने क्या हुवा ए’ बोलको हिन्दी भर्सनको गीत सार्वजनिक गरिएको हो ।

नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्मको उक्त गीतको भिडियोमा दिपशिखा र अली फिचर्ड छन् भने पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । डाक्टर सागरको शब्दमा रवि राज शाहको संगीत रहेको उक्त गीत राजा हसन र सौमी शैलेशले गाएका हुन् । फिल्मको यसअघी नै फर्स्ट लुक सार्वजनिक भइसकेको छ ।

फिल्ममा दीपशिखा र अलिसँगै मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नानीमैया कार्की र फैजिल फिल्म्सको लगानी रहेको फिल्ममा नायिका खड्का कै कथा तथा लेखन रहेको छ ।

जनक पाण्डेले निर्देशन गरेको उक्त फिल्मको वितरणको जिम्मा सुनिल मानन्धरले लिएका छन् । फिल्म माघ २५ गतेबाट देशभर प्रदर्शनमा आउने बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button