गोरखामा आगलागीबाट पाँच लाखको क्षति

पोखरा न्यूज – १४, मंसिर ।

गोरखा नगरपालिका–४ फिनाममा बिहीबार साँझ स्थानीय सन्तबहादुर रोक्काको घरमा विद्युत् चुहिएर आगलागी हुँदा करीब रु पाँच लाख बराबरको सामान जलेर नष्ट भएको छ ।

रोक्काको ढुङ्गा माटो र जस्ताले छाएको कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । घटनाको जानकारी पाएलगत्तै घटनास्थाल पुगेको प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उहाँको घरमा रहेको अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button